पोखरा – पोखराको पर्यटकीय स्थल महेन्द्र गुफा परिसरमा सि.सि. क्यामेरा जडान गरिएको छ । पर्यटकहरुको अत्याधिक बढि चाप हुने उक्त क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी गुफा परिसरका चारवटा क्षेत्रलाई केन्द्रित गरी क्यामेरा जडान गरिएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ ।

गुफा प्रवेश गर्ने स्वदेशी तथा विदेशीपर्यटकले अब ढुक्कसँग गुफा, अवलोकन गर्न सक्ने सचिवालयका अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिनुभयो अब कुनैपनि आगन्तुकले असुरक्षित महशुष गर्ने छैनन् पौडेलले भने गुफा क्षेत्रमा पर्यटक मैत्री वातावरण बनेको छ ।”

वर्षेनी हजारौं पर्यटक आउने गुफालाई थप आर्कषण र विचरण योग्य बनाउन कार्य योजना तयार गरिएको र त्यही अनुरुप काम शुरु गरिने विन्ध्यवासिनी मा.वि.का प्रधानाध्यापक कृष्ण प्र.आचार्यले जानकारी दिनुभयो ।

विन्ध्यवासिनी मा.वि.बाट संरक्षित हुँदै आएको महेन्द्र गुफा क्षेत्रबाट प्राप्त आम्दानीबाट स्थानीय विन्ध्यवासिनी मा.वि. सञ्चालन र विभिन्न विकास निर्माणका कार्यमा सहयोग हुँदै आएको छ ।

Previous articleवैदेशिक रोजगारमा गएका श्रमिकका आफन्तले पाउने सेवा अब स्थानीय तहबाटै
Next articleमोटरसाइकल सहित हराएको व्यक्ति पोखराको फेवातालमा मृत भेटिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here