पोखरा – मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले देशमा खेल पर्यटनको अथाहः सम्भावना भएको बताएका छन् । मदन भण्डारी सुटिङ कास्की, विभागको आइतबार पोखरामा भएको भेलामा सम्वोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपालमा पर्यटनसंगै र खेलकुद उतिकै सम्भावना रहेकोले खेलकुदको माध्यमबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्न सम्भव हुने बताएका हुन ।

उनले भने “हाम्रो देशको मुहार फेर्न, कृषि, जलबिद्युत र खेल पर्यटन नै मुख्य आधार हुनुपर्छ, हामी खेलकुदको माध्यमबाट आर्थिक लाभ मात्र गर्दैनौं, विश्व बजारमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनले नेपालको नाम अझ उचो हुने गर्दछ ।” पुर्व सांसद समेत रहेका अध्यक्ष श्रेष्ठले खेलकुदमा व्यवसायिककरण र औधोगिककरण आवश्यक भएको बताए । पोखरामा धेरै खेलकुदको सम्भावना भएकोले पोखरालाई खेलकुदको राजधानि बनाउने अभियान अन्र्तगत एकेडेमीबाट सुटिङ खेलको विभाग गठन गराएको उनले जनाए ।

सुटिङ खेलको विकास र विस्तारको लागि तल्लो स्तर बिद्यालयबाटै यसको प्रशिक्षण गराईने अध्यक्ष श्रेष्ठले जनाए । एक बर्ष भित्र सुटिङ खेलले पनि केन्द्रिय रुप लिने दाबी गर्दै अध्यक्ष श्रेष्ठले ३ बर्ष भित्र ब्यबस्थित एकेडमी नै संचालन गर्ने दाबी गरे । उनले भने “ अब कुनै पनि प्रतियोगिता खेल्दा केलाडीहरुको अनिवार्य बिमा गर्नु पर्छ, त्यसलाई हामीले छिट्टै लागु गर्दैछौं । ” एकेडेमी प्रदेश नम्बर ४ का ईन्चार्ज राजेश गुरुङले सुटिङ खेलको विकास र विस्तारको लागि आवश्यक खेल पुर्वाधार (एयरगन) जु्टाउने अभियानमा आफुहरु तत्काल लाग्ने बताए । एकेडेमी कास्कीका अध्यक्ष ऋषिराम गौतमले ऐडेमीको कास्कीमा क्रिकेट विभाग समेत गठन भएकोले अब सम्भावनाका अन्य खेलको विभागहरु गठन गर्ने बताए ।

यसैबिच, मदन भण्डारी सुटिङ कास्की विभागमा नयाँ कार्यसमितिच गठन गरिएको छ ।ईन्द्र गुरुङको अध्यक्षतामा भेलाले नयाँ कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा रुम बहादुर गुरुङ, सचिवमा विजय भुजेल, सहसचिवमा प्रेम कुमार पाण्डे, कोषाध्यक्षमा गंगा बहादुर खत्री, सदस्यहरुमा ऋषिकेश शर्मा, सिंह बहादुर गुरुङ, सनिस गुरुङ, क्या. देउकाजी गुरुङ, विक्रम बहादुर थापा, श्याम लामा, धनराज ग्ुरुङ, मनिसा गुभाजु र शरुराज भण्डारी रहेका छन । कृष्ण बहादुर गुरुङलाई प्रशिक्षकमा समावेस गरिएको छ । संस्थाको सल्लाहकारमा जयराम हमाल, रविन्द्र प्रजु, कृष्ण गुरुङ, इृन्द्र घले, विमल ब¥याल, विमलमान गुभाजु, कानुनि सल्लाहकार अधिवक्ता कृष्ण बहादुर थापा, प्रेस सल्लाहकारमा प्रभु अधिकारीलाई उक्त भेलाले चयन गरेको हो ।

Previous articleस्विट्जरल्याण्डको अराउमा चलचित्र “शत्रु गते” प्रदर्शन हुने
Next articleनिर्देशिका ल्याएको बिरोधमा यातयात व्यवसायिहरु आन्दोलित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here