काठमाण्डौ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता तयारी सुस्ताएको छ। दुई दलका नेताबीच पार्टी एकताको विषयमा विगत नौ दिनदेखि संवादसमेत भएको छैन।

पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई कार्यदलले केही विषय मिलाउन बाँकी राखेर प्रतिवेदन बुझाए पनि बाँकी विषय मिलाएर पार्टी एकता टुंग्याउने विषयमा दुवै दलका नेता गम्भीर देखिएका छैनन् ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता घोषणा गर्ने तयारी गरेका दुई दलले नेताहरुको व्यवस्थापन एकीकिृत पार्टीका बकमिटीमा कुन दलबाट कति जना रहने तथा चुनाव चिन्ह र जनयुद्धको विषयमा विवाद हल गर्ने तयारी गरेका थिए।

तर, दुवै दलले त्यसयता आवश्यक छलफल तथा तयारीका लागि चासो देखाएका छैनन् । प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता घोषणा गर्ने तयारी गरेका दुई दलले नेताहरुको व्यवस्थापन एकिकृत पार्टीका कमिटीमा कुन दलबाट कति जना रहने तथा चुनाव चिह्न र जनुयुद्धको विषयमा विवाद हल गर्न नसकेपछि ९ वैशाखमा एकता गर्ने तयारी गरेका थिए। तर दुवै दलले त्यस यता आवश्यक छलफल तथा तयारीका लागि चासो देखाएका छैनन्। आजको राजधानीमा दैनिकमा खबर छ ।

Previous articleएलजी कपको उपाधि आयोजक एलजी रेडलाई
Next articleपूर्वसांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here