पोखरा – पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र पोखरा बिमानस्थललाई फ्री वाइफाइ जोन घोषणा गरिएको छ । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.को सहयोग तथा पोखरा लेखनाथ महानगरको सहकार्यमा पोखरा लेखनाथ महानगरको पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र पोखरा बिमानस्थलमा शनिवार नया वर्षको अवसर पारी फ्री वाइफाइ जोन घोषणा गरिएको हो ।

फ्री वाइफाइ जोनको चार नम्बर प्रदेशका प्रमुख पृथ्वी सुब्बा गुरुले आफ्नो मोफाइलमा फ्री वाइफाइ कनेक्ट गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फ्री वाइफाइ जोन घोषणा गरेका थिएभने पोखरा बिमानस्थलमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले विमानस्थलका प्रमुख भोला गुरागाइलाई वाइफाइ बक्सको सांचो हस्तान्तरण गरी फ्री वाइफाइ जोनको घोषणा गरेका थिए ।

फ्री वाइफाइ जोन घोषणा गर्दै प्रदेश नम्बर चारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले बाम गठबन्धनले प्रदेश र प्रतिनिधी सभाको चुनावको वेलामा नेपालको विभिन्न ठाउमा फ्री वाइफाइ जोन निर्माण गर्ने उद्देश्य अनुरुप हाल आएर नयावर्ष २०७५ को शुरुवातको दिन जनताले प्रत्यक्ष सरोकार राख्ने ठाउबाट फ्री वाइफाइ जोन घोषणा गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा जनताले प्रत्यक्ष सरोकार राख्ने ठाउहरुमा फ्री वाइफाइ जोन निर्माण गर्ने समेत वताए ।

उक्त समारोहमा वोल्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले सर्वसाधारणमा इन्टरनेटको सहजै पहुच पुगोस भन्ने उद्देश्यले नयावर्षको दिन पोखराको दुइ ठाउबाट फ्री वाइफाइ जोन घोषणा गरिएको वताए । आगामी वैशाख १५ भित्रमा लेखनाथको शिसुवा हस्पिटल र बाटुलेचौरको मातृशिसु अस्पतालमा फ्री वाइफाइ जडान गरि गाउपालिकाहरुमा पनि इन्टरनेट जडानलाई प्राथमिकता दिने जिसीको भनाइ रहेको थियो ।

पछिल्लो समय पोखरामा फाइबरको माध्यामबाट इन्टरनेटमा छुट्टै पहिचान बनाउन सफल वल्र्डलिंकले पहिलो चरण अन्तरगत पोखरा विमान स्थल र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवारदेखी फ्रि वाइफाइ सञ्चालनमा ल्याइएको वल्र्डलिंक कम्युनिकेशन प्रा. लि. पोखरा शाखाका प्रमुख युशफ श्रेष्ठले वताए । श्रेष्ठका अनुसार शनिवार देखि पोखराको पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान र पोखरा विमान स्थलमा सञ्चालनमा ल्याइएको फ्री वाइफाइ जोनमा एकै पटकमा ५० जनाले ५ एम बीपीएस क्षमताको इन्टरनेट चलाउन सक्नेछन ।

Previous articleपोखरामा अन्तर वडास्तरिय मेयर कप पुरुष भलिवल प्रतियोगिता हुने
Next articleएलजी कपको उपाधि आयोजक एलजी रेडलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here