काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन् ।

तीनदिने भारत भ्रमणबाट आईतबार फर्किएका प्रधानमन्त्री ओलीले नेपाल भारतबीच भएको लिखित सहमतिबाहे अन्य विषयमा अझै गम्भीरतापुर्वक छलफल आवश्यक रहेको बताएका हुन् ।

ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछिको यो पहिलो विदशे भ्रमण हो ।

धेरै विषयमा सकारात्मक ढंगले कुराकानी भएको छ, ओलीले त्रिभुवन विमानस्थलमा आयोजत पत्रकार सम्मेलनमा भने, जुन विषय लिखित रुपमा आएको छ तयसलाई हामीले त्यसै रुपमा उठाएको छौँ । आजको नागरिक दैनिकमा खबर छ ।

Previous articleरक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्न न्यूनतम ६ वर्ष लाग्ने
Next articleदुई तिहाइ बहुमतको प्रावधानले अन्योलता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here