दीननाथ बराल, पोखरा – नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकार दक्ष नभएकै कारण ठगिने गरेको बताएका छन । नेपाल पत्रकार महासंघ कास्कीले संचालन गरेको तीन दीने डिजिटल जर्नालिजम टे«ेनिङ तथा तालिम स्कुलको उद्घाटन गर्दै अध्यक्ष आचार्यले पत्रकारले दक्ष नभएको कारण न्यूनतम पारिश्रमिक पनि नपाउने र पत्रकारहरु ठगिने गरेको दाबी गरे ।

पत्रकारलाई दक्षता हासिल गराउन महासंघ सकरात्मक भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले आम संचार प्रतिष्ठान स्थापनाको तयारी गरेको बताए । पत्रकारले आफ्दो सिप तथा दक्षता हासिल गर्न सके कम्तिमा मासिक ५० हजार भन्दा बढी रुपैया आम्दानी गर्न सकिने दाबी गरे ।

उनले भने “ हामीले आफ्नो सिप तथा दक्षता हासिल गर्न तर्फ लाग्दैनौं, अर्कोको समाचार कपि प्यष्ट गर्छौ, हामीमा क्षमता नभएर हामी ठगिएका हौं । ” सातै प्रदेशमा प्रतिष्ठान गठन गरी प्रदेश स्तरिय पत्रकार महासंघले उक्त जिम्मेवार लिने, हरेक प्रदेशका पत्रकारलाई दक्षता हासिल गर्न प्रदेश लाग्ने बताउदै प्रदेश ४ को आम संचार प्रतिष्ठानको कार्यालय कहाँ राख्दा उपयुक्त हुन्छ छलफल गर्नु पर्ने बताए । वैशाख २२ गते प्रदेशको निर्वाचनमा सहभागि हुन आग्रह गर्दै अध्यक्ष आचार्यले प्रदेशको उत्कृष्ट निती बजेट तथा कार्यक्रम, सदस्य निलम्वन, शाखा खारेजी सम्म गर्न सक्ने अधिकार भएकोले उक्त निर्वाचनमा सक्रिय रुपमा सहभागि हुन आग्रह गरे ।

महासंघ केन्द्रले एनआरएनहरुसंगको समन्यवमा विदेशमा विभिन्न किसिमका तालिम समेत संचालन गर्ने उनले बताए । महासंघमा हाल कम्तिमा २३ वटा कानुन बनाउनु पर्ने बताउदै अध्यक्ष आचार्यले प्रेसपास, विज्ञापन र बिमा जस्ता कुरा सहज ढंगले गर्न सकिने बताए । स्वतन्त्र पत्रकारको हौचित्य बढी भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले विभिन्न पार्टी निकट पत्रकार भन्दा फरक रहेर पत्रकार गर्नु निकै चुनौती रहेको बताए । उनले भने “ हामीले स्वतन्त्र पत्रकारलाई सम्मान गर्नु पर्छ, पत्रकार महासंघलाई स्वतन्त्र पत्रकारले निरन्तर खबरदारी गर्नु पर्छ, हामीले स्वतन्त्र पत्रकारको लागि आवश्यक सहयोग गर्न तयार छौं। ” महासंघ कास्कीका पुर्व अध्यक्ष एवं राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले समय अनुसार पत्रकारले सिप तथा दक्षता हासिल गर्नु पर्नेमा जोड दिए ।

महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले सिमित पत्रकारहरु मात्र डिजिटल तालिममा छनौट गरिएकोले उनीहरु प्रेरकको रुपमा प्रस्त्ुतः हुनु पर्ने बताए । महासंघका पुर्व अध्यक्ष एंव स्वतन्त्र पत्रकार महासंघ नेपालका अध्यक्ष कृष्णप्रसाद वाँस्तोलाले स्वतन्त्र पत्रकार संघ गठन भएको ७ बर्ष हुदा पनि अझै पत्रकार महासंघबाट स्वतन्त्र पत्रकारलाई उपेक्षित गरेको गुनासो गरे ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रसासकिय प्रमुख दृर्घनारायण पौडेले पत्रकारको दक्षता हासिल गर्ने बिषयमा महानगर सकरात्मक भएको बताउदै महानगरको स्मार्ट सिटि बनाउने अभियानमा यस्तो तालिम आवश्यक भएको बताए । महानगरपालिकाको सहयोगमा तालिम संचालन भएको हो । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आम संचार प्रतिष्ठानको प्रदेश स्तरिय कार्यालय पोखरामा भौतिक संरचनाको हिसावले उपयुक्त हुने बताए ।

डिजिटल उक्त तालिममा १५ जनाको सहभागिता रहेको महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले बताए । महासंघ कास्कीका उपाध्यक्ष एवं तालिम संयोजक त्रिभुवन पौडेलले डिजिटल तालिम पश्चात अन्य विभिन्न किसिमका तालिम संचालन गर्ने तयारी गरेको जनाए । तालिममा उज्वल आचार्य, रज्निस भण्डारी र विकास कार्कीले सहजीकरण गर्ने भएका छन।

Previous articleनेवा मिसा पुच कास्कीको पाँचौ साधारणसभा सम्पन्न
Next articleप्रधानमन्त्री ओलीले माेदीसँग नाकाबन्दीको विषयमा पनि साेधे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here