काठमाण्डौ – एमाले र माओवादीले एकीकृत पार्टी घोषणा तयारीका लागि समिति बनाउँदै छन् । विवादित विषयमा लगभग सहमति जुटिसकेकाले पार्टी घोषणा समिति बनाउन लागिएको हो । कार्यदलले मिलाउन नसकेका विषयमा सहमति गर्न एकता संयोजन समितिको बैठक आज (बिहीबार) बिहान ९ बजे बालुवाटारमा डाकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बिहीबार विवादित दुई विषयमा सहमति जुटे पार्टी घोषणासभाको तयारीका लागि दुवै पार्टीका नेता सम्मिलित एउटा समिति बनाउने योजना छ । माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले एकता घोषणा तयारीका लागि समिति बनाउने जानकारी गराएको नेता देवेन्द्र पौडेलले बताए ।

‘धेरै विषय लगभग मिलिसकेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘पार्टी एकताका लागि माहोल बनाउन तपाईंहरू सबै लाग्नुहोस् ।’ पार्टी एकता सांगठनिक रूपमा समानताका आधारमा हुने भन्दै प्रचण्डले कमजोर भएर एकता नहुने बताए ।

Previous articleकोसी नदीमा स्टिमर र गंगामा नेपालको पानीजहाज चलाउने ओलीको योजना
Next articleव्यवसायीले यात्रुलाई असुविधा पुर्‍याए समिति नै खारेज गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here