पोखरा – आज चैत्र २० गते अर्थात राष्ट्रिय सहकारी दिवस । यस अवसरमा देशै भरी मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाईदैछ । यसै सन्दर्भमा कास्कीमा पनि राष्ट्रिय सहकारी दिवस पोखरामा धुमधामका साथ मनाईने जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले बताए ।

“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी“ भन्ने मुल उघोषका साथ जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा हुने उक्त ¥यालीमा २० हजार भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता हुने अपेक्षा गरिएको अध्यक्ष तिवारीले बताए । मंगलबार विहान १०ः३० बजे मानव अधिकारचोक चिप्लेढुङ्गा देखी (¥याली) प्रभातफेरी हुने भएको छ । ¥याली पश्चात सहकारी सभामा परिणत हुने कार्यक्रम संयोजकः दिपक प्रकाश आचार्यले जनाए । उक्त अवसरमा उत्कृष्ट सहकारी कारोवार, विभिन्न विधामा उत्कृष्ट कार्य गरेका सहकारीलाई सम्मान गरिने भएको छ ।

यसै सन्दर्भमा संघको अगुवाईमा सोमबार पोखराका मुख्य चोक तथा सडक क्षेत्रमा बृहत सरसफाई गरिएको संघका शिक्षा, सुचना, संचार, युवा समितिका संयोजक धर्मराज अर्यालले बताए । पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, नयाँबजार, राष्ट्रबैंकचोक, सृजनाचोक, पार्दीविरौंटा, छोरेपाटन लगायतका क्षेत्रमा सरसफाई गरिएको अर्यालले जनाए । सामेबार बेलुकी दिप प्रज्वलन गरिएको कार्यक्रम संयोजक दिपक बास्तोलाले बताए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न हुने तयारी गरिएको आयोजकले जनाएको छ।

यसैबिच, उक्त दिवसको अवसरमा आइतबार पोखरामा आयोजना भएको रक्तदान कार्यक्रममा ७५ युनिट रंक्त संकलन भएको संघले जनाएको छ। प्रदेश नं.४ सांसद, राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक प्रभा कोइरालाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो।

Previous articleदेशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था
Next articleशरीर नै ठीक नभएपछि कमाएको सम्पत्तिको पनि के काम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here