काठमाडौं – एक वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा वाचा गरिएको १४ खर्ब बराबरको लगानीमध्ये एक पैसा नेपाल भित्रिएको छैन ।

सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरुले नेपालमा १३ अर्ब ५२ करोड ८० लाख ५० हजार अमेरिकी डलर (करिब १४ खर्ब रुपैयाँ) लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, केही प्रगतीहरु भएका छन्, तर अहिलेसम्म लगानीमै रुपान्तरण भइसकेको छैन ।

बोर्डका अनुसार फाट्टफुट्ट केही लगानीकर्ताहरु सम्पर्कमा छन् तर हालसम्म कसैले पनि लगानी गर्ने प्रक्रिया अघि बढाएका छैनन् ।

तत्कालै कुनै आयोजनामा लगानी गरिहाल्ने अवस्थामा उनीहरु देखिँदैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Previous articleभारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल
Next articleसरकारको अर्जुनदृष्टि विकास र समृद्धिमा : मन्त्री रवीन्द्र अधिकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here