काठमाण्डौ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिवर्तनका कारण तराई र गर्मी ठाउँमा मात्रै समस्या बनेका थुपै रोग पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन् । परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार पानीजन्य, कीटजन्य, वायुजन्य रोगहरु बढ्दै गएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

वैज्ञानिक धिमालले प्रत्यक्ष रुपमा लामखुट्टे, भुसुनाजस्ता कीटको टोकाइबाट सर्ने रोगहरु उच्च हिमाली र पहाडी क्षेत्रमा देखापर्न थालेका छन्। सन् २००६ मा ५ जिल्लामा मात्रै देखिएको डेंगी ज्वरो अहिले ४० जिल्लामा फैलिइसकेको छ। त्यसैगरी सन् १९५० मा तराईका केही जिल्लामा देखिएको मलेरिया अहिले ६७ जिल्ला फैलिएको छ।

केही वर्षअघिसम्म बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बढी जोखिम रहेको जापानिज इन्सेफ्लाइटिस र हात्तीपाइलेका बिरामी पनि अधिक जिल्लामा पाइएका छन्। ‘लामखुट्टेजस्ता कीटहरु तल तराईमा तापक्रम बढेर टिक्नै नसक्ने वा मर्ने अवस्था हुन थाल्यो। पहिला तराईमा मात्र पाइने लामखुट्टेजस्ता कीट अहिले २ हजार फिटभन्दा माथि गएर बस्न थालिसकेका छन्,’ डा. धिमालले भने।

अनुसन्धान परिषद्कै एक छुट्टै अध्ययनले तापक्रममा १ प्रतिशतले वृद्धि हुँदा झाडापखालाका बिरामी ४.५ प्रतिशतले बढिरहेको देखाएको छ। हिमाली क्षेत्रमा १ डिग्री तापक्रम बढ्दा झाडापखालाका बिरामीको दर १३ प्रतिशतसम्म बढ्ने गरेको अनुसन्धानले देखाएको छ।

Previous articleदेउवा पक्षीय सदस्यहरूको पार्टी अग्रिम महाधिवेशनमा जान नहुने धारणा
Next articleसशस्त्रको भावी नेतृत्वका लागि दौडधुप सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here