पोखरा – कास्की प्रहरीले मोटरसाईकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । चोरीका आठ मोटरसाईकल सहित १९ जनालाई पक्राउ गरि सार्वजनीक समेत गरेको छ । चोरीमा भारतीय नागरिक समेत सहभागी छन् । विभिन्न समयमा मोटरसाईकल चोरी गरि नम्वर प्लेट र स्वरुप परिर्वतन गदै बेचविखन गर्ने गरेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । आठ वटा पल्सर मोटरसाईकल सहित चोरीमा समलग्नलाई पक्राउ गरि सार्वजनीक गरेको हो ।

मोटरसाईकल चोरीको् आरोपमा पक्राउ पर्नेहरुमा तनहुँ भिमाद गाउपालिका ६ माझकोट बस्ने २२ बर्षीय दिबश राना, पोखरा लेखनाथ महानगरपालिका १० रामवजार बस्ने २० बर्षीय बिकाश क्षेत्री, रामवजारकै १९ बर्र्षीय अभिषेक सुनार, नवलपरासी बुङदिकाली गाँउपालिका ३ सिउन बस्ने २२ बर्षीय युवराज रुचाल, तनहुँ भिमाद नगरपालिका ९बागटार बस्ने ४० बर्षीय कृत बहादुर नेपाली, बागटारकै १९ बर्षीय अर्जुन नेपाली, वारा इनवा नगरपालिका २० गोटवडिवा बस्ने १७ बर्षीय उचिर चुरिहार, तनहुँ भिमाद नगरपालिका ४ पिरुङ बस्ने २२ बर्षीय सुनिल थापा रहेकाछन।

त्यसै गरी भारत मोतिहारिका १७ बर्षीय संम्शाद आलम, स्याङजा हरिनाथ नगलपालिका ७ चाङसिङ बस्ने २२ बर्षी मदनचन्द ठकुरी, स्याङजा हरिनाश गाँउपालिका ६ देगाछाप बस्ने २२ बर्षीय अरुण आले, स्याङजा हरिनाश गाउँपालिका २ गुरुजा बस्ने २८ बर्षीय ओम राना, हरिनाश गाउँपालिका ४ गिरकोट बस्ने २० बर्षीय रेशम आले, तनहुँ भिमाद नगरपालिका ७ राङरुङ बस्ने २२ बर्षीय रेशम आले, तनहुँ भिमाद नगरपालिका ७ पाङमि बस्ने २० बर्षीय लक्ष्मण परियार, स्याङजा हरिनाश गाँउपालिका ७ चाङसिङ बस्ने २८ बर्षीय डोलराज चन्द्र ठकुरी, स्याङजा हरिनाश गाउँपालिका ७ चाङसिङ बस्ने २४ बर्षीय हिरा सिंह थापा, भिमाद नगरपालिका ७ पिरुङ बस्ने १९ बर्षीय सुरज राना र वारा विरगंज गाँउपालिका १ त्रिवेणी का २२ बर्षीय रामबाच दास रहेकाछन। उनीहरुलाई थप अनुसन्धान गरि सामुहिक चोरीको मुद्धा लगाइने प्रहरी प्रमुख सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Previous articleसुनका कारण विवाह नै रोकियो, बेहुलि बेहोस, जन्तीहरुबीच भागाभाग
Next articleप्रदेश नम्बर ४ को मन्त्रीपरिषद्ले पूर्णता पायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here