पोखरा – धरमबहादुर लामिछानेले पोखरामा सम्पन्न मेसुका कप मन्थ्ली टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा मेसुका स्पोर्टस्को संयोजनमा पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा धरमले गोपीबहादुर भट्टराईलाई ६–४ र ६–३ को सहज सेटमा पराजित गर्दै सो उपाधिमा आफ्नों नाम लेखाएका हुन् ।

यो संगै धरमले प्रतियोगिताको अघिल्लो संस्करणमा व्यहोरेको पराजयको बदला समेत लिएका छन् । डिफेण्डीङ्ग च्याम्पियन गोपीले अघिल्लो संस्करणमा धरमलाईनै फाइनलमा सुपर टाईमा पराजित गर्दै उपाधि जितेका थिए ।

प्रतियोगिताका विजेता तथा उपविजेताले नगद तथा ट्रफि पुरस्कार प्राप्त गरेका छन् । विजेता खेलाडीहरुलाई प्रदेश नम्बर ४ का प्रहरी प्रमुख नेपाल प्रहरीका एआइजी कमलसिंह बम, जिल्ला प्रहरी कास्कीका कार्यालयका प्रमुख अशोक सिंह, भारतिय पेन्सन क्याम्पका कर्णेल प्रतिक शर्मा लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताका संयोजक मेसुका स्पोर्टसका संचालक राजु गुरुङ्गले प्रतियोगितामा सहभागि खेलाडीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने आयोजक संघ कास्कीका अध्यक्ष विनोद कायस्थले प्रतियोतिगा संयोजन गरेको मेसुका स्पोर्टसका प्रबन्ध निर्देशक देवी गुरुङ्गलाई मायाको चिनो प्रदान गरे । यसैविच प्रतियोगिताको आगामी संस्करण विनोद कायस्थ र शम्भु गुरुङ्गले आयोजना गर्ने भएका छन् ।

Previous articleराष्ट्रिय मुक्तक पुरस्कार सरुभक्त श्रेष्ठलाई प्रदान गरिने
Next articleपार्टी एकता गरेर मात्रै भारत भ्रमणमा निस्किने ओलिको योजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here