काठमाडौं – कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

शाखाले अनलाइन आवेदन खुला गरेको पहिले दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले देशमा वेरोजगारी बढिरहेको संकेत गराउँछ।नवौं भाषा परीक्षामा सहभागी हुन चैत १७ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ।

तर, पहिलो दिन मै ३० हजारभन्दा बढी युवाले भाषा परीक्षाका लागि ग्लोबल बैंकमा २४ डलर भुक्तानी गरिसकेको शाखाका प्रवक्ता शोभाकर पराजुली बताउँछन्।बिहीबार बैंकमा रकम जम्मा गरेका युवाले शुक्रबार मात्रै अनलाइन आवेदन दिन सक्छन् ।

अनलाइन आवेदन दिने युवाको उमेर १८ वर्ष पूरा भएको ३९ ननाघेको हुनुपर्छ।आवेदन दिँदा इमेल आईडी र फोन नम्बर अनिर्वाय गरिएको छ।आरपी पासपोर्ट र फोटो समेत स्क्यान गरेर आवेदन समीट गर्नु पर्ने पराजुली बताउँछन्।भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ।परीक्षा केन्द्र काठमाडौं र पोखरा तय भएको छ।पोखरामा १२ हजार मात्रै सहभागी हुन पाउनेछन् ।

स्नातकोत्तर अध्यय पूरा गरेका युवा रोजाइमा समेत कोरिया परेको शाखामा निर्देशक कृष्णप्रसाद खनाल बताउँछन्।नेपालबाट सन् २०१९ मा ७१ सय युवा जान पाउनेछन्।यसमा उत्पादनमूलक क्षेत्रका लागि चार हजार ८ सय र कृषि क्षेत्रका लागि दुई हजार तीन सय जनाको सिलिङ तोकेको छ।तर, २०१८ का लागि १० हजार एक तोकेको थियो ।

Previous articleचक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीको चासो
Next articleदृष्टिविहिन एकल गायनको उपाधि भण्डारीलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here