प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयका कारण २० हजार मेघावाटका आयोजना अन्योलमा परेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले गरेको निर्णयका कारण २० हजार २ सय ९४ मेघावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्यौलमा परेको हो। आजको कारोबार दैनिकमा भीम गौतमले खबर लेखेका छन्।

गत फागुन २५ मा बसेको बैठकले ५ सय वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन बोर्डमार्फत अघि बढाउने निर्णय गरेपछि हाल निर्माणमा जान लागेका सबै आयोजनाहरु अन्योलमा परेका छन्।

बोर्ड बैठकले प्रधानमन्त्रीकै रुचीमा यस्तो निर्णय गरेको बताइएको छ।

अन्योलमा परेका आयोजना र क्षमता (मेघावाटमा)

कर्णाली चिसापानी – १०८००
वेतन कर्णाली – ६८८
बूढीगण्डकी – १२००
सुनकोशी दोस्रो – १११०
सुनकोशी तेस्रो – ५३६
उत्तरगंगा – ८२८
तमोर – १२१०
दूधकोशी – ८००
अपर अरुण – ७००
मनाङ चामे – १७७२
तामाकोशी तेस्रो – ६५०

Previous articleसाग खेलुकदको पुर्वाधार निर्माण समयमै पुरा गरिन्छ : मन्त्री विश्वकर्मा
Next articleमुख्यसचिव फेर्न प्रधानमन्त्री ओलीमाथि दबाब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here