काठमाण्डौ – १० वर्षअघिदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको संसद्ले आफ्नै नयाँ भवन पाउने भएको छ। बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको संसद् अब सिंहदरबार हाताभित्रै ल्याउनेगरी पुतली बगैंचालाई नयाँ संघीय संसद् भवन निर्माणस्थल निर्धारण गरिएको छ।

पुरानो सैसद् भवनको अघिल्तिर उत्तः नयाँ भवन बनाउने बारेमा प्रधानमन्त्री केपीओली र सभामुख कृष्णबहादुर महाराबीच सहमति भएको छ।

प्रधानमन्त्री ओली र सभामुख महराबीच भएको सल्लाह अनुसार पुतली बगौचामा संसद भवन बनाउने सहमति भइसकेको जानकारी संसद् सचिवालयमा आइसकेको प्रवत्ता भरतराज गौतमले बनाए।

सिंहदरवार हाताभित्रै संसद् भवन बनाउने भन्नेबारेमा सम्माननीय प्रधानमन्त्रील्ज्यु र सभामुखज्युबीच सहमति भईसकेको जानकारी पाएको छौँ डा. गौतमले भने, सिंहदरवार हाताको पुतील बगैंचामा नयाँ भवन बनाउने जानकारी आइसकेकोले संसद सचिवालयले पनि आन्तरिक छलफल सुरु गरिसकेको अवस्था छ ।, आजको नागरिक दैनिकमा खबर छ ।

Previous articleमानसिक अवस्था बिग्रेकालाई मात्रै स्वैच्छिक अवकाश : लालबाबु
Next articleराष्ट्रिय गौरवका आयोजनाले छ महिना समय एक सुको खर्च नगरी बिताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here