पोखरा – प्रदेश नं. ४ को नामाकरण कुनै पनि जाति, समुदाय विशेषको नाममा नभई साझा प्राकृतिक सम्पदाको नाउँमा नामाकरण गरिनुपर्ने माग गरिएको छ ।

प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, नेपा ठकुरी समाज, नेपाल दशनामी समाज, मुस्लिम धार्मिक संरक्षक समितिद्वारा संयुक्त रुपमा बुझाईएको ज्ञापनपत्रमा सबै जातजातिहरु, समेट्ने गरी गण्डकी इतिास प्रसिद्ध नदी नाम भएको प्रदेशको नामाकरण राख्दा सबै जातिले स्वीकार गर्न सकिने क्षेत्री समाजका पूर्व अध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्रीले बताए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको नामाकरण बारे सबै जातजातिले अपनत्व हुने गरी गर्न आपूmले सकारात्मक भूमिका खेल्ने बताए ।

प्रदेशको नामाकरणमा कुनै जाति विशेषले जातीय आधारमा गर्नुपर्ने जिकिर गरेकोमा पनि समाजले गम्भीर रुपमा लिएकोले अब देश जातीय विशेषमा नलागी सबै जातजाति, भाषाभाषी एक भई विकासमा लाग्नुपर्ने समाजका केन्द्रीय अध्यक्ष प्रा.डा.चन्द्र बहादुर थापाले बताए ।

७ वटै प्रदेशलाई स्वतन्त्र तवरले नामाकरण र सबैको सहभागितालाई महत्व दिन देशव्यापी पहिलो चरणमा मुख्यमन्त्री र सभासद् तथा राजनैतिक दलमार्फत ज्ञापन पत्र मार्फत सहमती सहकार्यको भूमिका खेल्ने र देशको परिवर्तित संरचनालाई सहयोग गर्दै देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको जिल्ला अध्यक्ष पदम बहादुर कार्कीले बताए ।

Previous articleपर्यटकको बसाइँ लम्ब्याउन टानद्धारा नयाँ पदयात्रा मार्गको खोजी
Next articleसरकारको खर्च खातामा बजेटरी प्रणालीभित्रको रकम सकियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here