पोखरा – गण्डकी मिनी मार्केट व्यवसायी समिति पोखरा ९ नयाँबजारले संस्थामा आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।

समितिका अध्यक्ष बमबहादुर कार्कीले एक विज्ञप्ती प्रकाशित गर्दै केहि सञ्चार माध्यमले आधार बिनानै गण्डकी मिनी मार्केट व्यवसायी समितिले आर्थिक अनियमितता ग¥यो भनेर समाचार प्रकाशन÷प्रशारण गरेकोप्रति आपत्ति जनाउँदै संस्थाले कत्तिपनि अनियमितता नगरेको दाबी गरेका हुन् ।

उनले बिना प्रमाण समितिका सदस्य र पार्टी नेताहरुको नाम जोडेर झुटा र कपोलकल्पित समाचार आएको भन्दै खेद व्यक्त गरेका छन् ।

समितिले जारी गरेको विज्ञप्तीमा समितिले बजारमा रहेका स्टलहरुबाट प्रति स्टल मासिक ७ सय ५० रुपैयाँ लिनेगरेको र त्यो रकम बजारको सुरक्षा, ईन्धन, सरसफाई, विद्युत, विज्ञापन तथा भइपरि आउने काममा खर्चिने गरेको उल्लेख छ ।

Previous articleपोखरा महानगरपालिकाले ७० बर्ष माथीका वृद्ध–वृद्धाको निशुृल्क उपचार गर्ने
Next articleदेउवाको कार्यशैलीबाट असन्तुष्ट बनेका एउटै कित्तामा आउदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here