काठमाण्डौ – प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिए पनि उनीमाथि भ्रष्टाचार मुद्दा लाग्नसक्ने आजको कान्तिपुर दैनिकले खबर लेखेको छ।

निवर्तमान प्रधानन्याधीश गोपालप्रसाद पराजुलीले आफू न्यायपरिषद्बाट पदमुक्त भएपछि साँझसम्म पनि त्यसलाई चुनौति दिँदै बिहीबारको पेसी आफैँले तोक्ने दाबी गरिहेका थिए, तर जब बिहानै सर्वोच्च प्रशासनले कायममुकायम प्रधानन्याधीश दीपकराज जोशीलाई पेसी तोक्न सघायो र सर्वोच्चको वेबसाइमा पराजुलीको फोटो हटायो, तब दिउँसो उनले राष्ट्रपपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा दिए ।

पराजुली बिदामा बस्नसमेत नमानेकाले सर्वोच्चका न्यायाधीशै विवादित भएको परिदृष्यमा पदबाट हटाएपछि एकाएक उनले किन राजिनामा दिए जबकी त्यसको जरुरतै थिएन ।

कानुनविद्हरु भन्छन्- आफूमाथि लाग्न सक्ने सम्भावित मुद्दाबाट जोगिन। श्रोतका अनुसार केही पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता, पूर्वमहान्याधिवक्ता तथा केही पूर्वसांसदले पराजुलीलाई ‘के गर्दा सबभन्दा उपयुक्त हुन्छ’ भन्ने सल्लाह सुझाएपछि सोहीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसैअनुसार अघि बढ्न संकेत गर्दै अटेर गरे महाअभियोग लाग्न सक्ने जनाउ दिएका थिए ।

महाअभियोगबाट गुज्रिए संविधानको प्रावधानअनुसार सीधै भ्रष्टाचार मुद्दामा पनि तानिन सक्ने भएकाले त्यसबाट पनि जोगिन झिनो प्रयासमा उनले हठात् राजिनामा गरेका हुन् ।

‘तर पनि कानुनतः उहाँलाई भ्रष्टाचार मुद्दा सीधै लाग्छ । यो अवस्थामा अब भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ अनुसार उहाँ सजायको भागिदार हुनुहुन्छ,’ अधिवक्ता लेखनाथ भट्टराईले भने।

आफूले पाउनेभन्दा ७ महिना ९ दिन बढी पदमा बस्नु नै भ्रष्टाचार भएको पुष्टि हुने कान्तिपुरले लेखेको छ ।

Previous articleपोखराका मेयर जिसीको कार्यालय समयमा कतै बाहिर नजाने घोषणा
Next articleदेउवाको नेतृत्वमा काग्रेसले छाया सरकार गठन गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here