काठमाण्डौ – जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यकामा साइकल लेन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।सानेपास्थित स्टार हस्पिटल र वर्ल्ड साइकल टुर क्याम्पेनद्वारा संयुक्त रूपमा आयोजित साइकल र्‍याली उद्घाटन गर्दै मन्त्री पण्डितले भने, ‘काठमाडौं उपत्यकालगायत सम्भव भएका ठाउँमा साइकल लेन बनाउन पहल गर्छु।’ आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

सवारी साधन र इँटाभट्टाका कारण प्रदूषित धुवाँले वातावरण बिगारिरहेको उल्लेख गर्दैे एक वर्षभित्र काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा मास्क लगाउन नपर्ने बनाउन प्रयास गरिरहेको उनले बताए।

काठमाडौंमा सवारीसाधन र इँटाभट्टाबाट निस्कासन हुने धुवाँले प्रदूषण बढाइरहेको उल्लेख गर्दै उनले शरीरले थेग्नेभन्दा साढे आठ गुणा बढी वायु प्रदूषण रहेको जानकारी दिए। स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा साइकल स्ट्यान्ड निर्माण गरिने बताए। हस्पिटलका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले मुनाफाभन्दा उपचार सेवामा योगदान गर्न अस्पताल सञ्चालन गरिएको बताए।

Previous articleप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा २ सय ९ मत पर्ने देखियाे
Next articleयसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here