काठमाण्डौ – गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ। धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको छ । आजकाे अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।

सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा हुने गरी सरकारसमक्ष प्रस्ताव लैजाने तयारी गरेको छ ।

सरकारले बिदा दिने प्रवृत्तिलाई हल्का बनाएको र जस्तासुकै चाडको अवसरमा पनि सार्वजनिक बिदा दिने प्रचलन बढाएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासो अत्यधिक आउन थालेपछि गृहले बिदा कटौती गर्ने गृहकार्य गरेको हो ।

Previous articleमाओवादी संलग्न सातमध्ये पाँचवटा सरकारमा सहभागी महरा बने सभामुख
Next articleबादल र विप्लव गुरुचेलाबीच ‘वाकयुद्ध’ चर्किदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here