पोखरा – पोखरा लेखनाथ महानगरपालिकाले पशु (गाई प्राणीमा) मा ट्यागिङ कार्यक्रम सुरु गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ बराल गाई फार्मवाट कार्यक्रम सुरूवात गरेको छ । महानगरपालिका भित्र संचालित व्यावसायीक फार्म तथा घरमा पालिएका पशु (गाई प्रजातीहरुमा) लाई पहिचानका लागी ट्याग लगाएर नियन्त्रण गर्ने कार्यक्रम सुरु गरेको हो

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुक्रबार बराल गाई फार्ममा पालिएका गाईको कानमा ट्याग लगाएर कार्यक्रमको सुरुवात गर्नुभयो । बराल फार्ममा रहेका आठ वटा गाईमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिर्घनारायण पौडेल, वडा नं १७ का वडा अध्यक्ष तिर्थ अधिकारी,नगर कार्यपालिका सदस्य राधिका शाही योगी, पशु सेवा शाखा प्रमुख ठगेन्द्र प्रसाद अर्यालले गाईमा टयागिङ गर्नुभयो ।

सडकमा छाडिने छाडा चौपाया ब्यवस्थापन चुनौती बनेपछि पोखरा लेखनाथ महानगरपालिकाले ट्यागिङ कार्यक्रम सुरु सुरु गरेको हो । महानगर पशुसेवा शाखाको चालु आर्थीक वर्षको स्विकृत कार्यक्रम अन्तरगत घरपालुवा चौपायलाई ट्यागिङ् गरि गाई प्रजातिमा अभिलेखिकरण एंव स्वामित्व हस्तान्तरण कार्यक्रम वडा नं १७ बाट सुरु गरिएको गरिएको मेयर मान बहादुर जिसिले जानकारी दिनुभयो । ट्यागिङ कार्यक्रम सुरू गरेसंगै महानगर प्रमुख जि.सी ले पोखरामा छाडा चौपाया व्यवस्थापन, पशु अभिलेखीकरण अभियान अन्तर्गत कार्य्रकम सुरूवात गरेको बताए । हानगरभित्रका पशु अभिलेखीकरण गर्ने यस अभियानलाई पाईलट प्रोजेक्टका रुपमा डा नं १७ वाट घरदेखी घरसम्म पुगी तथ्याङक संकलन गर्न लागिएको हो ।

महानगरले अब पशु बिक्रि गर्दा समेत पशु नामसारी गर्ने व्यवस्था गर्न लाग दिर्घकालिन रुपमा छाडा पशुको नियन्त्रण गर्न, पशुधनको स्वामित्व लिन, ट्राफिक व्यवस्थापन एंव दुर्घट्ना न्युनिकरण गर्न तथा शहरको सौन्दर्यकरणलाई थप प्रवद्र्धन गर्नका लागी यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको महानगर पशु महाशाखा प्रमुख ठगेन्द्र अर्यालले बताउनुभयो । उक्त कार्यक्रमका आवश्यक मात्रामा प्राविधिकहरु समेत खटाउने र नयाँ थपिएका गाँई र जन्मदै गरेका बाच्छाबाच्छीहरु हरेक दुई दुई महिनामा अभिलेखिकरण गरिने छ । पोखरा लेखनाथ महानगरपालिका भित्र ५ देखी ७ सय को हाराहारीमा छाडा पशु रहेको हुन सक्ने अनुमान गरिएको छ ।

Previous articleप्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई संसदबाट दुई तिहाई बहुमत
Next articleप्रधानन्यायाधीश पराजुलीद्धारा शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन अस्वीकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here