पोखरा – नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिंदै आएको फेवा नव महोत्सव २०७५ को तयारी अगाडि बढाइएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले आगामी चैत २८ देखि बैशाख २ गते सम्म पन्ध्रौं फेवा नव वर्ष महोत्सव पोखराको कोमागाने पार्कमा आयोजना गर्न लागेको हो ।

संघका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले ३५ सदस्यीय मूल आयोजक समिति गठन गरी महोत्सवको तयारी अगाडि बढाइएको जानकारी दिए । पर्यटन, सँस्कृति र खाना भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवले ४ नम्बर क्षेत्रको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर गर्दै प्राकृतिक सम्पदाहरुको प्रर्वद्धनको प्रयास गर्ने संघले जनाएको छ ।

भुकम्प, नाकाबन्दी र भारतीयय नोटबन्दी पश्चात् विषम परिस्थितमा सम्पन्न स्थानीय निर्वाचन, प्रतिनिधि र प्रदेशसभा निर्वाचन पश्चात् देश संघीयता तर्फ उन्मुख हुँदै गर्दा आयोजना हुने यस महोत्सवले पोखरामा उल्लेखनीय मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा बृद्धि गर्नेे संघका महासचिव गणेशराज पहारीले बताए ।

फेवा नव वर्ष महोत्सव नेपाली नयाँ वर्षको आगमनलाई स्वागत गर्दैै यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले अभिप्रेरित पर्यटन प्रर्वद्धनात्मक महोत्सव हो भन्ने कुरा विगतका महोत्सवहरुले पुष्टी गरिसकेको सन्दर्भमा आफ्नो व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले स्टल राखी सहयोग गर्ने सहभागीहरुलाई पनि उच्च प्राथमिकताका साथ मूल्याङ्कन गरिने भएको छ । दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको उक्त तालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको छ । आन्तरिक तथा बाह्य पाहुनालाई लक्षित गरी संघले महोत्सवमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने छ ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको संघले जनाएको छ । पाँच तारे होटलहरुदेखि पोखरा क्षेत्रका गाउँ घरमा पाइने खानाका परिकारहरु एकै थलोमा प्रदर्शन, प्रत्येक दिन विभिन्न स्थलबाट ल्याइएका साँस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, लोक दोहोरी, पप कन्सर्ट, बाल उद्यान, हांस्यव्यंग्यका कार्यक्रम पनि महोत्सवले समेट्ने छ ।

Previous articleप्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक बृहत् अन्तक्र्रिया
Next articleराष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिले लोकतन्त्रमाथि खतरा : देउवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here