काठमाण्डौ – शपथ समारोहमा प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका एक सांसद अनुपस्थित थिए। माओवादी केन्द्रका टोपबहादुर रायमाझी पितृशोकका कारण अनुपस्थित रहे। संसद् सचिवालयका अनुसार कैलाली जेलमा रहेका राजपाका रेशम चौधरी, उमेर विवादमा परेका राजपाकै महेन्द्र यादव र माओवादी केन्द्रकी धर्मशिला चापागाईं शपथ समारोहमा उपस्थित भएनन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

किर्ते कागजमा छानबिनका लागि प्रहरीबाट खोजी भइरहेका एमाले सांसद नवराज सिलवालले पनि शपथ लिएका छन्। उनी वरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा लिफ्ट मागेर संसद् भवन पुगेका थिए। अनुपस्थित सांसदका लागि संसद्मै ज्येष्ठ सदस्य वा सभामुखले शपथ गराउने चलन छ।

राष्ट्रियसभामा रमेशप्रसाद यादव अनुपस्थित रहे। संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार नेपाली, हिन्दी, भोजपुरीलगायत ११ भाषामा सांसदले शपथ लिएका थिए।

Previous articleआफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस
Next articleदेउवालाई सर्वसम्मत बनाउने योजना असफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here