पोखरा – सडकमा छाडिने छाडा चौपाया ब्यवस्थापन चुनौती बनेपछि पोखरा लेखनाथ महानगरपालिकाले ट्यागिङ कार्यक्रम सुरु गर्ने भएको छ । महानगरपालिका भित्र संचालित व्यावसायीक फार्म तथा घरमा पालिएका पशु (गाई प्रजातीहरुमा) लाई पहिचानका लागी ट्याग लगाएर नियन्त्रण गर्ने कार्यक्रम सुरु गर्ने भएको हो ।

महानगरले आइतबार पत्रकार सम्मेलन गरि ट्यागिङ प्रणाली सुरु गर्न लागेको जानकारी दिएको हो । महानगर पशुसेवा शाखाको चालु आर्थीक वर्षको स्विकृत कार्यक्रम अन्तरगत घरपालुवा चौपायलाई ट्यागिङ् गरि गाई प्रजातिमा अभिलेखिकरण एंव स्वामित्व हस्तान्तरण कार्यक्रम वडा नं १७ बाट सुरु गर्ने तयारी गरिएको महानगर प्रमुख मानबहादुर जिसिले जानकारी दिए ।

द्धिर्घकालिन रुपमा छाडा पशुको नियन्त्रण गर्न, पशुधनको स्वामित्व लिन, ट्राफिक व्यवस्थापन एंव दुर्घट्ना न्युनिकरण गर्न तथा शहरको सौन्दर्यकरणलाई थप प्रवद्र्धन गर्नका लागी यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिईएको छ ।महानगरका पशुसेवा शाखा प्रमुख एंव चिकित्सक ठगेन्द्र अर्यालले भने, “सडकमा जाथाभावि छोडिएका पशु आफ्नो अधिकारबाट पुर्ण रुपमा बञ्चित हुनुपरेको छ, भने रोगको प्रकोप बढ्न गई पशुधनको नोक्सान र खाद्ययान्न उत्पादनमा समेत ह्रास बेहोर्नु परेको छ ।”

उपयुक्त नीति तथा ऐनको अभावका कारण पशुअधिकारको उल्लघंन भैरहेको महानगरका प्रमुख एंव वरिष्ठ पशु चिकित्सक अर्यालले उल्लेख गरे । पाईलट प्रोजेक्टका रुपमा वडा न.। १७ बाट सुरु गरिने उक्त कार्यक्रम विस्तारै गर्दै लैजाने र स्वामित्व कार्ड प्रमाणीकरणलाई समेत अनिवार्य गरिने योजना रहेको महानगरले जनाएको छ ।
फागुन २५ गते देखी सुरु हुने उक्त कार्यक्रमका आवश्यक मात्रामा प्राविधिकहरु समेत खटाउने र नयाँ थपिएका गाँई र जन्मदै गरेका बाच्छाबाच्छीहरुको हरेक दुई दुई महिनामा अभिलेखिकरण बताइएको छ ।

हाल महानगरले वडा नं. २० को भलाम स्थित स्थानापति सहकारी संस्थासंगको सहकार्यमा छाडा पशुहरु व्यवस्थापन गर्दै आएको छ । महागनरले ५० हजार रुपैयाँ सहकारीलाई दिने र पशुलाई सम्वन्धित ठाँउमा पुर्याउने जिम्मा नगरपालिकाले नै लिएको छ । पोखरा लेखनाथ महानगरपालिका भित्र ५ देखी ७ सय को हाराहारीमा छाडा पशु रहेको बताइएको छ ।

अहिले सडकमा रहेका उत्पादक तथा अनुत्पादक छाडा चैपायहरुको प्राविधिक रिपोर्टका अधारमा पालन गर्ने व्यक्ति सहकारी समुह संस्था फार्म कम्पनीलाई प्रोत्साहनको नीति समेत अवलम्बन गरिने महानगरका कार्यकारी अधिकृत दिर्घनारायण पौडेलले बताए । ट्याग लगाईको पशु सडकमा देखिए पशुधनिको पहिचान गरि आवाश्यक कानुनी कार्वाही समेत गरिने उनले बताए ।

Previous articleचिनीयाँ प्रधानमन्त्रीले एक महिनाभित्र नेपाल भ्रमण गर्ने तयारी
Next articleआफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here