काठमाण्डौ – बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो।

सो कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन आदि सहभागी हुँदै थिए। विप्लव समूहसँग नेपाल कार्यक्रम आयोजक ‘ओडिसी इन्टरटेन्मेन्ट’ले चरण चरणमा वार्ता गरेको थियो। तर वार्ताप्रति आयोजक गम्भिर नदेखिएको र पार्टीलाई हल्का ढंगले लिएपछि विप्लव समूहले कार्यक्रम गर्न नदिने बताएपछि कार्यक्रम स्थगित भएको हो।

यसैबिच बलिउड सलमान खानको ‘दबंग द टूर नेपाल’ वैशाखको पहिलो साता हुने भएकाे छ। फागुन २६ मा हुने भनिएको कार्यक्रम वैशाखमा सारिएको आयोजक ओडिसीले बताएको छ।

करिब १५ करोड लागतको यो कार्यक्रममा १० करोड हाराहारी लगानी भइसकेको आयोजकले जनाएको छ। टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सकिने बताइएको छ।

कार्यक्रमको विस्तृत जानकारी भने आयोजकले दिएको छैन।

Previous articleओली र प्रचण्डले संयुक्त रूपमा आफ्ना सांसदलाई प्रशिक्षण दिने
Next articleएक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन गरिने(सुचि सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here