स्विट्जरल्याण्डमा पनि महाशिवरात्रि पर्व धुमधामका साथ मनाइने भएको छ। ॐ कारनन्द आश्रमको आयोजनामा स्विट्जरल्याण्डको विंटरथुर स्थित हिन्दू मन्दिरमा शिवरात्रि पर्व धुमधामका साथ मनाउन लागिएको हो।
१३ फेब्रुअरी २०१८ मंगलबारको दिन बेलुकीको १८ ०० बजेबाट विशरात्रिको पूजाआजा कार्यक्रम शुरु गरिने छ भने ०० ३० बजे मध्यरातमा कार्यक्रम समापन हुनेछ। उक्त शिवरात्रि कार्यक्रम समयमा नै शुरु हुने भएकोले सके सम्म ५, १० मिनेट अगाडि नै उपस्थित भई शिव प्रसाद ग्रहण गर्नु हुन आयोजकले सबैलाई हार्दिक अपिल गरेको छ ।
OMKARANANDA ASHRAM, Anton-Graff-Str. 42, 8400 Winterthur स्थानमा कार्यक्रम हुने छ।
मन्दिरभित्र प्रवेश गर्दा छालाबाट बनेको कुनै पनि समाग्रीहरु लगाएर वा लिएर प्रवेश गर्न निशेध गरिएको छ ।

महाशिवरात्रि पर्वको हिन्दू परम्परामा अत्यन्तै ठूलो महत्व रहेको छ । शीवरात्रि पर्व भगवान् शीवको पूजा तथा आराधना गरेर धुमधामका साथ मनाईने गरिन्छ ।
फाल्गुण महिनाको कृष्ण चतुर्दशीका दिन मनाईने शीवरात्रिको अध्यात्मिक एवं साँस्कृतिक महत्व अतुलनीय छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुब यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति एवं गुरुत्वाकर्षणको असाधारण वहाव रहने वैज्ञानिकहरुले प्रमाणित गरेका छन् । त्यसै आध्यात्मिक शक्ति एवं जागरणलाई आ आफ्नो शरिरमा बहन दिनका लागि पनि यस दिन रातभर जाग्राम बसेर शीवरात्रि मनाउने चलनलाई वैज्ञानिक मानिएको छ ।
आराध्यदेव श्री पशुपतिनाथको देश नेपाल यतिले मात्र होइन बिभिन्न पुराण एवं धार्मिक ग्रन्थहरुमा उल्लेख भए बमोजिम श्लेषमान्तक वनको चरणभूमि, कैलाश पर्वतको छायाँ परेको स्थल तथा हिन्दूहरुको आस्थाको केन्द्रविन्दुको रुपमा रहेको पवित्र भूमि पशुपतिनाथ परिसरमा शिवरात्रिका दिन दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन पशुपतिनाथ क्षेत्रमा नेपाल तथा भारतका विभिन्न विषयमा पारंगत भएका एवं सिद्धहस्त साधुहरुको भीड लाग्नुका साथै नागा बाबाहरुको समेत बाक्लो उपस्थिति रहन्छ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनार्थ आएका साधु बाबाहरुलाई फर्कने बेलामा पशुपति क्षेत्र विकास कोषले दक्षिणा सहित विदाई गर्ने प्रचलन पनि रहेको छ ।
हिन्दू आराध्यदेव शिव जस्को कुनै आकार छैन, न त आदि छ न त अन्त्य नै । यस्ता शक्तिशाली परमेश्वर भगवान् भोलेनाथको प्यारो दिनको रुपमा रहेको शिवरात्रिले संसारको श्रृष्टि एवं समाजको गहिराईलाई बोकेको छ ।
समुन्द्र मन्थनका बेला निस्किएको कालकुट वीष सेवन गरेर नेपालको उत्तराखण्डमा अवस्थित गोसाईँकुण्डमा पुगी शान्ति लिने शीव अनि आफ्नी पत्नी सतिदेवीको असामयिक मृत्युको पीडालाई समेत सहन गरेर पत्नि वियोगलाई कम गर्न सतिदेवीको मृत शरिरलाई अँगालोमा बोकेर हिँडेका तिनै शिव पर्वतको रुप धारण गरेर अचल, अमर अनि अजर आशुतोष भएको दिनको रुपमा यस दिनलाई शिवरात्रिका रुपमा मनाउने गरिएको पाइन्छ । गाँजा, भांग, धतुरो खाएर सर्पको माला लगाएर अनि खरानी धसेर उदण्ड एवं उग्र रुप धारण गरेर हिँड्ने शिव होइन शिवत्वको आत्मसाथ गरी रिस, राग द्वेष अनि अहंकार त्यागी सार्थक जीवनपथको मार्ग दर्शन गर्ने शिवको भक्ति एवं पूजा आराधना गरी जीवनलाई पूर्ण बनउने अवसरको रुपमा पनि यो पर्वलाई मनाउने गरिन्छ ।
यस दिन नेपाल तथा भारतका विभिन्न शिवालयहरुमा धर्शनार्थीहरुको ठूलो भीड लाग्ने गर्दछ ।
उक्त मन्दिर सम्बन्धी अन्य जानकारीहरु तलको वेबसाईटमा गएर पनि हेर्नु सक्नु हुने छ।
http://www.omkarananda.ch/tempel1.php

Previous articleएउटै गीतबाट लखपति बनिन् गीतकार पुष्पा खनाल
Next articleपुष्पा खनालले ल्याईन् आमाको सम्झनामा नयाँ गीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here