काठमाडौ। गैरआवासीय नेपाली संघको केन्द्रीय मिडिया समितिमा पत्रकार बसन्त रानाभाट पुन: दुई बर्षका लागि मनोनित भएका छन्। एनआरएनको मिडिया तथा पब्लिकेशन समितिको सदस्यमा रानाभाट २०१७-२०१९ कार्यकालका लागि पनि मनोनित भएका हुन्। स्पेनको बार्सिलोना निबासी पत्रकार रानाभाट अनलाईनखबरमा युरोप संयोजक तथा नेपालीनेपाली डटकममा प्रधानसम्पादकको रुपमा कार्यरत छन्।

यस अघि संघका अध्यक्ष शेष घले रहँदा पनि रानाभाटले २०१५- २०१७ को कार्यकालमा आफ्नो जिम्मेबारी कुशलता पुर्बक निर्बाह गरेका थिए। २७ वटा राष्ट्रिय समन्वय परिषदहरु रहेको युरोप क्षेत्रका गतिबिधिहरुलाई एनआरएन केन्द्रमा अर्थ पूर्ण रुपमा हेर्ने गरिन्छ।

गैरआवासीय नेपाली संघका प्रबक्ताभूषण घिमिरे संयोजक रहेको समितिमा  हेमन्त काफ्ले (अष्ट्रेलिया),विजय घिमिरे (अमेरिका) र  चिरन शर्मा (बेलायत) सहसंयोजकमा मनोनित भएका छन्। यस्तै सदस्यहरुमा डिल्ली ढकाल (अष्ट्रेलिया),बुध्दिसागर घिमिरे (न्यूजिल्याण्ड),रामचन्द्र गिरी (मलेसिया),किसन राई (हङकङ),आनन्द कोइराला (जापान),दिल कुमार श्रेष्ठ (कतार), मेघराज सापकोटा (युएई), नवराज वि क (कतार),शुक्र लामा (साउदी अरबिया),फणिन्द्र भट्टराई (बेलायत),प्रजय शुक्ला (बेलायत),होम प्रसाद लम्साल (अमेरिका),आङ छिरिङ शेर्पा, (अमेरिका) र गोकर्ण लामिछाने (क्यानडा) रहेका छन्।

Previous articleगैरअवासीय नेपाली संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) वीच भेटघाट र छलफल
Next articleएनआरएनए स्विट्जरल्याण्डको आयोजनामा नेपाली राजदूतावाससंग अन्तरक्रिया कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here