नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्व भन्ने मूल नाराका साथ हरेक वर्ष जस्तै यस वर्ष पनि स्वीट्जरल्याण्डमा स्नो फन कार्यक्रम हुने भएको छ ।

नेपालको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले नेपाल बाहिर विगत केही वर्षदेखि यस प्रकारको कार्यक्रम हुँदै आएकोमा यस वर्ष पनि उक्त कार्यक्रम हुन लागेको स्नो फन कार्यक्रमका आयोजक द्वय कमल भट्ट र आङ तेन्जिङ शेर्पाले बताएका छन् ।
नेपालको विकासमा दिर्घकालिन प्रभाब पार्ने उद्योगको रुपमा पर्यटन उद्योगको ठूलो महत्व रहेको छ र यसको विकासको लागि प्रचार प्रसारको पनि उत्तिकै महत्व रहन्छ । त्यसका लागि नेपालभित्र मात्र होइन नेपाल बाहिर बस्ने हरेक नेपालीहरुले पनि नेपालको पर्यटन विकासका लागि आ आफ्नो क्षेत्रबाट प्रयास र प्रयत्न गरिनै रहेका छन् ।

विगत केही समयदेखि स्वीट्जरल्याण्डमा पनि पर्यटन प्रवर्धन सम्बन्धी यस प्रकारका कार्यक्रमहरु भईरहेका छन् तथापि तथापी खुल्ला आकाशमुनि त्यो पनि हिमालमा गरिने यस प्रकारका कार्यक्रमले विशेष महत्व राख्ने विश्वासका साथ उक्त कार्यक्रम वर्षदेखी विषेश तरिकाले धेरैको उपस्थितीमा आयोजना गरिदै आएको हो ।
गत वर्ष झै यस वर्ष पनि सोही खालको कार्यक्रम आगामी मार्च महिनाको ४ तारिखका दिन मेल्ख्(से फ्रुट भन्ने हिमालमा बिहान १० बजेदेखि बेलुकीसम्म नै स्नो फन कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त दिन स्वीट्जरल्याण्डमा बस्ने सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरु एवम आ आफ्नो सम्पर्कमा भएका नेपाली वा गैर नेपालीहरुलाई समेत सहभागी गराई नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनु हुन आयोजकले आह्वान गरेका छन् ।

उक्त स्नो फन कार्यक्रममा हरेकले आ आफूले सक्ने वा जानेको स्की, स्नो बोर्ड् वा चिप्लेटी खेलेर रमाइलोका साथ नेपालको पर्यटन विकासमा टेवा पुर्याउन समेत आयोजकले सबैसँग आग्रह गरेको छ ।

कार्यक्रममा सहभागि हुनेले केबुल कार को टिकट र खाने पिउने अनी स्नो स्पोर्टस्का सामाग्रीहरुको व्यवस्थापन भने आफैंले गर्नु पर्ने पनि जनाइएको छ । त्यसैगरी १० जना भन्दा बढीको समूह बनाएर टिकट लिँदा ग्रुप टीकट अली सस्तोमा पाइने पनि आयोजकले बताएको छ ।

Previous articleस्विट्जरल्याण्डमा हुने वर्ल्ड इनोभेसन फोरममा नेपालले सहभागिता जनाउने
Next articleसिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना सम्बन्धी सहमती पत्रमा हस्ताक्षर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here