१२ जनवरी २०१८, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले संघको महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष भूमीराज गुरुङको अध्यक्षतामा ०३ डिसेम्बर २०१७ आइतबारको दिन बसेको संघको दोस्रो बैठकले संरक्षक,सल्लाहकारहरु र सदस्य मनोनयन गरेको हो।

संघको संरक्षकमा स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धिताल र सल्लाहकारहरुमा हिराबल गुरुङ, बिनय श्रेष्ठ, धर्म गुरुङ, प्रितम गुरुङ, आङ्ग तेञ्जिङ्ग शेर्पा, बिष्णु प्रसाद थापा ,राजु अधिकारी , केदार प्रसाद न्यौपाने , सुजन मल्ल लाई मनोनित गरिएको छ। । त्यस्तै सदस्यमा बेर्नका कृष्ण सिवाकोटी लाई मनोनित गरेको छ।

स्विट्जरल्याण्डको सुरमा बसेको उक्त बैठकले स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली युवाहरुलाई कसरी एनआरएनए प्रति आकर्षित गर्ने, महिलाहरुको लागि कार्यक्रम के कसरी तय गर्ने, बालबालिकाहरुको लागि कार्यक्रम ल्याउनुपर्ने आदि बिषयहरुमा छलफल गरिएको थियो। बैठकमा विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, संस्थागत लगायतका अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै स्विटजरल्याण्डमा रहेका संघ-संस्थाहरु संग समन्वय गरेर स्विट्जरल्याण्डमा हुने बार्षिक कार्यक्रमहरुको क्यालेण्डर तयार गरिने बैठकले निर्णय गरेको छ।

गैर-आवासीय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदको रोड सेफ्टी टिमका सदस्यको  लागि स्विट्जरल्याण्डको तर्फबाट संघका उपाध्यक्ष शिव सुब्बालाई बैठकले छनौट गरेको छ।

Previous articleएनआरएनएको रोड सेफ्टी टिम नेपालमा
Next articleस्वीट्जरल्याण्डमा ग्याल्बो ल्होसार मनाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here