नेपालीहरुको महान् चाड बडा विजया दशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै यो बडा दशैँ राष्ट्रिय एकताको प्रतीक बन्न सकोस् भन्ने कामना गरेकी छिन् ।
बडा दशैँको दशौं दिन अर्थात विजया दशमीका दिन शुभकामना सन्देश दिँदै राष्ट्रपतिले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम गर्न बडा दशैंले सबैमा सहयोग पुर्याओस् भन्ने कामना समेत गरेकी छिन् ।
हाम्रो देश नेपाल बिभिन्न जातजाति, भाषा भाषी एवं संस्कृतिको अनुपम संगम रहेको विभिन्न धर्मावलम्बीहरुको साझा फूलबारी भएकोले यहाँ मनाईने सबै पर्वहरुले भौगोलिक, धार्मिक, साँस्कृतिक एवं जातीय विविधताले सबैलाई एक आपसमा भातृत्व भावले बाँधेको राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा आगामी मंशिरमा हुन लागेको निर्वाचनमा जागरुक भएर भागलिन दुर्गा भवानीले शक्ति प्रदान गरुन् भन्दै कामना समेत गरेकी छिन् ।

Previous articleदशैंको टीकाको शुभ मुहूर्त बिहान ११ः ५५ मा
Next articleमान्यजनहरुको हातबाट टीका ग्रहण गरेर बडा दशैंको टीका मनाईँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here