०७ सेप्टेम्बर २०१७, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले यहि आउदो १० सेप्टेम्बर २०१७ आईतबारको दिन बेर्न स्थित फुगु रेष्टुरेन्टमा पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ।

दिनको दुई बजेबाट सुरु हुने उक्त संघको  पद हस्तान्तरण कार्यक्रममा निवर्तमान र नवनिर्वाचित कार्यसमितका संम्पूर्ण पदाधिकारी, निर्वाचन समितिका पदाधिकारी, विधान समितिका पदाधिकारी, स्विट्जरल्याण्ड स्थित संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकारहरु र संम्पूर्ण स्विट्जरल्याण्ड बासी जनसमुदायहरु लाई पउस्थितिको लागि संघले विनम्र अनुरोध गरेको छ।

एनआरएनए, स्विट्जरल्याण्डका निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई सो दिन पद हस्तान्तरण गरे सँगै नयाँ कार्यसमितिले दुई वर्षका लागि (२०१७-२०१९) संघको कार्यभार सम्हाल्ने छन्।

कार्यक्रम हुने समय र स्थान

मितिः १० सेप्टेम्बर २०१७

समयः दिनको २ बजे

स्थानः Fugu Restaurent

Gerechtigkeitsgasse 16

3011 Bern

Previous articleएनआरएनए स्विट्जरल्याण्डको निर्वाचन शान्ति पूर्ण बाताबरणमा सम्पन्न, मतगणना सुरु
Next articleएनआरएनए,पोर्चुगलमा आईसिसि सहित ५० जनाको उम्मेदवारी दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here