अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनको चौथो अधिवेशन सम्पन्न भएको छ ।

१९ अगष्ट २०१७ शनिबारका दिन स्वीडेनको राजधानी स्टकहोममा सम्पन्न उक्त अधिवेशनले नयाँ कार्य समितिको चयन गरेको हो ।
गत केही समयदेखि खीम बहादुर खत्री न्यौपानेको समूहले नयाँ नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गर्दै आएको भएतापनि अन्तिम समयमा प्रेस विज्ञप्ति मार्फत असन्तुष्टि व्यक्त गर्दै निर्वाचन प्रक्रियाबाट नै बाहिरिएको थियो ।

गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला फोरम कि उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिबेशनमा केन्द्रिय पर्यबेक्षकका रुपमा स्वीट्जरल्याण्डका आईसिसी सदस्य डा. बिनय श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

नव निर्वाचित कार्य समिति
अध्यक्ष: अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष: टेक बहादुर रोका
महासचिव: दिनेश कुमार श्रेष्ठ
सचिव: राजकुमार पाठक ओमसन
कोषाध्यक्ष : धनश्याम पुन लिल
यूवा संयोजक: प्रमोद अर्याल
महिला संयोजक: उषा गौतम
सदस्यः अम्बिका सिग्देल,
सदस्यः लोकेन्द्र बहादुर खड्का
सदस्यः कृष्ण क्षेत्री
सदस्यः बिमल कुमार कार्की
सदस्यः भीम बहादुर भण्डारी
सदस्यः प्रदिप सापकोटा
आईसिसी सदस्यः प्रवेश कुँबर
कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय महिला फोरम उप संयोजक प्रधानको उपस्थितिमा स्वीडेनमा समेत महिला फोरम गठन भएको छ ।
बाढी पीडितका लागि २ लाख रुपैयाँ सहयोग घोषणा

नव निर्बाचित कार्यसमितिको पहिलो बैठकले नै बाढीपिडितका लागि २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले मुलुकमा बाढी प्रभावित क्षेत्रमा सहयोग पुगोस् भन्दै एनआरएनले गठन गरेको राहत कोषमा रकम पठाउने निर्णय गरेको हो।

यसैबीच नबनिर्बाचित अध्यक्ष श्रेष्ठले स्वीडेनको नेपाली समुदायको हितमा काम गर्ने बताएका छन्। उनले भने,” निर्बाचनको प्रक्रियामा असन्तुष्ट बनेको पक्षलाई समेत समेटेर संघलाई एकढिक्का बनाउने प्रयास गर्ने छु।”

Previous articleनेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारबाट शुरु
Next articleसञ्चार क्षेत्रको भूमिका देशले अझ बढी चाहेको छ: प्रम देउवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here