नेपाल र चीनका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भएको वार्ता सकारात्मक भएको नेपाली पक्षले बताएको छ ।
मंगलबार राजधानीको कालिमाटीस्थित सोल्टी होटलमा सम्पन्न द्वीपक्षीय वार्ता पश्चात् तीन वटा सम्झौता पत्रमा हस्ताक्षर भएको र उक्त सम्झौता कार्यान्वयनका लागि उत्तरतर्फको छिमेकी मुलुक चीनबाट करिब १७ अरब रुपैयाँ भित्र्याउने गरी प्राप्त भएको सफलतालाई नै नेपाली पक्षले उपलब्धीको रुपमा लिएको बुझिएको छ ।
द्वीपक्षीय वार्ता र त्यसपछिको सम्झौतालाई नियाल्दा बि.सं. २०७२ सालको बिनाशकारी भूकम्प पश्चात् पूर्ण रुपमा बन्द रहेको नेपालको उत्तरी नाका तातोपानी नाका भने सञ्चालनमा आउन सक्ने आँकलन गर्न सकिन्छ किनकी सम्झौताको पहिलो बुँदामा नै अरनिको राजमार्गको स्तरोन्नति र तातोपानी तथा रसुवागढीका मितेरी पुलहरुको निर्माणलाई केन्द्रविन्दुमा राखिएको छ । तीन परियोजनाका लागि करिब १६ अरब रुपैयाँ चिनियाँ अनुदान आउने भएको वार्तामा सहभागी नैपाली प्रतिनिधि मण्डलका एक सदस्यले बताए ।

Previous articleगैर आवासीय नेपाली संघ यूएसए स्टेट च्याप्टरहरुद्वारा उद्धारमा केन्द्रीत हुन अपिल
Next articleक्याम्पिंग सहित खुल्ला आकाश मुनि नेपाली चलचित्र “धनपति” देखाइने। उठेको सम्पूर्ण रकम नेपालको दुर्गम क्षेत्रको बिद्यालयलाई सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here