काठमाडौं,

वर्षायामको बेग्लै आनन्द छ । अझ वर्षातमा भिज्नुमा छुट्टै मज्जा छ । यस्तै वर्षातको झरीमा भिज्नुको आनन्द र तरुनी युवतीलाई भिजिसकेपछि आफ्नो यौवन कसरी लुकाउँनु भन्ने चिन्ता मिसिएको भावमा मनि शर्मा (रिजाल)को शब्द र दीपक जंगमको संगीतमा वानिका प्रधानले गाएको गीतले यतिबेला वजार तताउँदै छ ।
वर्षातको झरी र यससँग जोडिएर आउने जिवनका विविध पाटोलाई समावेस गर्ने कोसिस गरिएको गीत ‘वर्षिनु वर्स्यो..’ रिलिज गरिएको एक हप्ताको छोटो समयमा नै निकै चर्चामा छ । गीतको शब्द, संगीत, गायन र एरेञ्ज बलियो बनेको हुनाले गीत उत्कृष्ट बनेको र अझ सुन्दर भिडियो बनेपछि गीतले युट्युवमा पनि राम्रो भ्युअर्स पाईरहेको छ । चार वर्ष अघि आङ्खनो एकल शब्दमा गायक यम बरालको आवाजमा एल्वम ‘समन’ बजारमा ल्याईसकेका गीतकार मनि शर्मा (रिजाल)ले यस गीतमा वर्षातको सुन्दर पक्षको विम्वात्मक प्रयोग गरेका छन् भने वरिष्ठ संगीतकार दीपक जंगमले शब्दको भावअनुसार प्राण भरिदिएका छन् । त्यस्तै गायिका वानिका प्रधानले पनि गीतको न्याय हुनेगरी नै आवाज दिएकी छन् ।
गीत चर्चामा आउनुको अर्को सुन्दर पक्ष भनेको यसको म्यूजिक भिडियो पनि हो । ०५७ सालबाट भिडियो निर्देशन थालेका गीतकार एवं निर्देशक सञ्जय बरालले कलात्मक शैलीमा यसको म्यूजिक भिडियो तयार गरेका छन् । बराल यतिबेलाका चर्चित नायक जिवन लुईँटेललाई यस क्षेत्रमा डेब्यु गराउने पहिलो निर्देशक पनि हुन् । बरालले आफ्नै रचनामा कुमार लामाले गाएको ‘मेरो हाँसो एउटा पाटो…’गीतबाट निर्देशन सुरु गरेको र लुईँटेललाई पनि डेब्यु गराएका थिए ।
गीत–संगीत भनेको छोड्नै नसकिने नशा भएको बताउने बराल भन्छन्, ‘सधैँ गुणस्तरीय र फरक स्वादको गीत गरेमात्रै दीगो र कालजयी बन्छ ।’ सुमी मोक्तान र सुवास तिमिल्सिनाले अभिनय गरेको यो गीत बरालको १३१औँ भएको बताउँछन् । गीतकार शर्माको एल्वम ‘पुस्ता’मा समेटिएको उक्त गीत ‘वर्षिनु वस्र्यो…’को भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् भने बुद्ध लामाले क्यामेरामा साथ दिएका हुन् ।

 

Previous articleपार्टी विभाजनमा पूर्व राजादेखि हिन्दुस्तानसम्मको भूमिका भन्नु कमल थापाको बर्बराहट -राणा
Next article७५ वर्षीया आमा भन्छिन् -‘अहिलेको तीजका गीतमा मौलिकता हरायो’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here