नेपाली जन सम्पर्क समिति स्वीट्जरल्याण्डको आयोजनामा Hürstholzstrasse, 8046 Zürich मा हुन लागेको स्वीस कान्तोन स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आगामी ६ अगष्ट २०१७ आइतबारका दिन buchegplatz zurich मा हुने भनिएको उक्त भलिबल प्रतियोगिता तोकिएको स्थानको खेल मैदान उपलब्ध हुन नसकेका कारण स्थान परिवर्तन गरी Hürstholzstrasse, 8046 Zürich मा हुन लागेको आयोजक जनसम्पर्क समितिले जनाएको छ ।


अराउ समाजको प्रायोजनमा हुँदै आएको उक्त प्रतियोगिताको पूर्ण सफलताका लागि स्वीट्जरल्याण्डका विभिन्न कान्तोनमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई खेल मैदानमा उपस्थित भई सहयोग गरिदिन आयोजक समितिले आह्वान गरेको छ ।
खास गरेर खेल प्रेमी नेपाली दाजुभाइ दिदी बहिनीहरु, खेलाडीहरु तथा विभिन्न संघ संस्थाका पदाधिकारी एवं आवद्ध व्यक्तित्वहरुलाई उपस्थितिका लागि समितिले आग्रह गरेको छ । आइतबार बिहान ११ बजेदेखि शुरु हुने उक्त भलिबल प्रतियोगितामा प्रथम हुने समूहलाई रनिड. शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ भने दोश्रो हुने समूहलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
उक्त प्रतियोगिता अवलोकनका लागि प्रवेश शुल्क २००। स्वीस फ्रैन्क तोकिएको छ भने प्रतियोगितामा सहभागी हुने प्रतियोगिले प्रचलित नियम अनुसार खेल खेल्नु पर्ने छ । त्यसैगरी हरेक टिममा अफिसियल सहित ८ जना रहनु पर्नेछ । खेल सम्बन्धी अन्य निमयहरु भने खेल मैदानमा नै जानकारी गराईने पनि आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा उपस्थित सम्पूर्णलाई खाजा तथा पानीको समेत व्यवस्था गरिएको छ

Previous articleसपीला राजभण्डारीले “युरोप बर्ष व्यक्तित्व” सम्मान किन पाईन्?
Next articleजीवा लामिछानेलाई प्रश्न:- भिजन २०-२० मा तपाईको फरक मत हो ? (अन्तरबार्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here