नेपाली नेपाली डटकमको त्रेश्रो वार्षिकोत्सव समारोह जर्मनीको फ्रयाड.कफर्टमा औपचारिक रुपमा शुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जर्मनीका लागि नेपाली राजदुत महामहिम श्री रमेश प्रसाद खनाल तथा विशेष अतिथिहरु राम प्रताप थापा, जीवा लामिछाने, कुमार पन्त, खगेन्द्र नेपाली लगायतले संयुक्त रुपमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले, प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, संघका संस्पाथक राम प्रताप थापा, युरोप संयोजक कुल आचार्य लगायत एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।
बीबीसी नेपाली सेवाका विशिष्ट पत्रकारहरु भगिरथ योगी, नवीन सिंह खड्का लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको छ नेपालबाट आएका अतिथिहरुको पनि कार्यक्रममा उपस्थिति रहेको छ । आजको तेश्रो वार्षिकोत्सव कार्यक्रमको अर्को आकर्षण भनेको बीबीसीका वरिष्ट पत्रकार नवीन सिंह खड्कालाई सम्मान गर्नुका साथै युरोपमा रहेर नेपाली समुदायमा उल्लेख्य योगदान गर्ने एक जना नेपाली समाजसेवीलाई युरोप वर्ष व्यक्तित्व सम्मानले समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेपाली नेपाली डटकमका सल्लाहकार डा. विनय श्रेष्ठले स्वागत मन्तव्य मार्फत उपस्थित सम्पुर्णलाई कार्यक्रममा स्वागत गर्नु भयो ।
Previous articleनेपाली नेपाली डटकमको तेश्रो वार्षिकोत्सव उद्घाटन हुँदै
Next articleप्रमुख अतिथि राजदुतद्वारा कार्यक्रममा शुभकामना सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here