यही २९ र ३० जुलाई २०१७ मा जर्मनीको सुन्दर शहर फ्रयाड.फर्टमा हुन गईरहेको गैर आवासीय नेपाली संघको दशौं यूरोपेली क्षेत्रीय बैठक तथा आठौं महिला भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक राष्ट्रिय समन्वय परिषद जर्मनीले जनाएको छ ।
उक्त यूरोपेली भेलालाई ऐतिहासिक रुपमा सफल बनाउन जोडतोडका साथ काम भईरहेको छ भने भेलामा सहभागी हुनका लागि यूरोपभर तथा संसारभर छरिएर रहेका एनआरए अभियन्ताहरु, यूरोप तथा अन्य महादेशका राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु एवं विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु जर्मनीको फ्रयाड.फर्ट आउने क्रम जारी रहेको छ ।
एनआरएनएको नजिकिँदै गरेको विश्व सम्मेलन र आगामी दुई वर्षका लागि नयाँ कार्य समिति समेत चयन हुने उक्त सम्मेलनको पूर्व सन्ध्यामा हुन लागेको यूरोपेली बैठक एवं भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ । साथै कतिपय एनआरएन अभियन्ताहरुले आगामी विश्व सम्मेलनमा आफ्नो उम्मेदवारी तय गर्ने र त्यसको लागि पूर्वाधार खडा गर्ने प्लेटफर्मको रुमा समेत यो भेलालाई हेरिरहेको बुझिएको छ । दशौं यूरोपेली क्षेत्रीय बैठकले आफ्ना नियमित एजेण्डामाथिको छलफल तथा यस क्षेत्रका विविध समस्या, चुनौति एवं अवसरहरुका बारेमा गहन छलफल र निष्कर्ष निकाल्ने मात्र होइन भावी आईसिसीको भावी नेतृत्वको खाका समेत कोर्ने अनुमान लगाउन सकिन्छ ।

Previous articleभरतपुरको स्थगित मतगणना प्रकरणमा आज सर्वोच्चमा पेशी
Next articleनेपाली नेपाली डटकमको तेश्रो वार्षिकोत्सव उद्घाटन हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here