वाईवि तमू ,
लिस्वन – २५ जुलाई २०१७
गैह्र आवासीय नेपाली संघ पोर्चुगलको छैठौं महाधिवेशन आगामी सेप्टेम्बर १० तारिख आईतवारका दिन पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको छ। गैह्र आवासीय नेपाली संघ पोर्चुगल, राष्ट्रीय समन्वय परिषदको हिजो सम्पन्न बैठकले सो निर्णय गर्दै संघका अध्यक्ष भीम के सी कमलको अध्यक्षतामा १५१ सदश्यीय छैठौं महाधिवेशन मुल आयोजक समिती समेत गठन गरेको छ।
आसन्न छैठौं महाधिवेशनमा सहभागीताको निम्ती समयमै आफ्नो सदस्यता नबिकरण गराउनु हुन अथवा पहिले सदस्यता नलिएका पोर्चुगलवासी नेपालीहरुलाई आगामी २०१७ जुलाई ३१ तारिक सम्म सदस्यता लिन तथा नविकरण गर्नका लागि गैह्र आवासीय नेपाली संघ,पोर्चुगलले सार्वजनिक अपिल गरेको छ ।
आशन्न महाधिवेशनलाई मध्यनजर गर्दै गैह्र आवासीय नेपाली संघ,पोर्चुगलले “प्रत्यक्ष सार्वजनिक बहस “कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।
Previous articleगौरी जोशीको टिमको समर्थनमा मणि नेपाली पनेरुद्वारा उम्मेदवारी फिर्ता
Next articleप्रवासी नेपाली मञ्च स्वीट्जरल्याण्डको अध्यक्षमा मुडवरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here