गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको राष्ट्रिय महाधिवेशन यहि सेप्टेम्बर ०३ तारीख आईतबारका दिन स्विट्जरल्याण्डको राजधनी बेर्नमा हुने भएको छ।

संघका संम्पुर्ण पञ्जिकृत सदस्यहरुलाई समयमानै सदस्यता नविकरण गरि र सदस्यता बन्न छुट्नु भएका स्विट्जरल्याण्डवासी नेपाली जनसमुदायहरु लाई समयमानै गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको पञ्जीकृत सदस्यता लिई संघको राष्ट्रिय महाधिवेनमा सहभागी भईदिनु हुन संघले अनुरोध गरेको छ।

संघको विधान अनुसार दुई वर्ष भन्दा बढी समय बिदेशमा रही पेशा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरीक वा नेपाली मुलका विदेशी नागरीकले राष्ट्रिय समन्वय परिषद्ले निर्धारण गरेको सदस्यता शुल्क तिरि पञ्जिकृत सदस्य बन्न सक्ने र पंजिकृत सदस्यहरुको सदस्यता शुल्क २० स्वीस फ्रान्क पुरानै कायम रहेको संघका महासचिव भमिराज गुरूङले बताए।

पञ्जिकृत सदस्यता नविकरण र नयां सदस्यता बन्न ईच्छुक महानुभावहरुले एनआरएनए स्विट्जरल्याण्डको वेब साईट www.nrnaswitzerland.org मा गई सदस्यता फारम  प्रीन्ट आउट गरि सदस्यता फारम भर्न सक्ने, पञ्जिकृत सदस्यता फारम भर्ने मिति ९ जुलाई आईतबार देखि १३ अगस्त आईतबार राती १२ बजे सम्म खुल्ला रहेको र संघको राष्ट्रिय महाधिवेशन सम्बन्धि थप सूचना संघले छिट्टै प्रकाशित गरिने जानकारी गराएको छ।

Previous articleलन्डनमा बक्स अफिस फ़िल्म फेयर अवार्ड २०१७ सम्पन्न
Next articleजुरीख स्पोर्ट क्लबको आयोजनामा फुटबल, भलिबल र टेबलटेनिस प्रतियोगिता हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here