जुरीख, स्विटजरल्याण्ड। गायक सुभाष सुन्दास र संगीतकार रामु परियारको “नेपाली अनप्लग्ड सेसेन” को पहिलो अंकको एक सांगीतिक भिडियो सार्वजनिक भएको छ। यस अंकमा कलाकार द्वयले गायक शिव परियारको “नभेटि नभेटि” बोलको गीत प्रस्तुत गरेका छन् । यस प्रकारको सांगीतिक भिडियो कोशेलीहरु नेपाली अनप्लगड सेसेन मार्फत नियमित श्रोताहरु समक्ष प्रस्तुत गर्दै यसका माध्यमबाट प्रवासमा नेपाली गीतसंगीतको संरक्षण र प्रवर्धनमा योगदान दिने उदेश्य रहेको कलाकार द्वयले बताएका छन्।

सुभाष सुन्दास र रामु परियार प्रबासी नेपाली समाजको सांगीतिक क्षेत्रमा परिचित नाम हो। सुभाष सुन्दासले सन २०१५ मा आफ्नो डेब्यु एल्बम “उडन देऊ” बजारमा ल्याएपछि सांगीतिक क्षेत्रमा स्थापित भएका छन्। उक्त्त एल्बम हिट्स एफ. एम. अवार्ड २०१६ को पाँच उतकृष्ठ एल्बममा र “माया हो” बोलको गीत पाँच उतकृष्ठ पुरूष भोकलमा अवार्डका लागि मनोनयमा परेको थियो। संगीतकार रामु परियार पोखराको ओभिराप्तोरस व्याण्डका लिड गितारिष्ट थिए। उनले नेपाल र यूरोपमा आयोजित विभिन्न लाइभ कन्सर्टमा लिड गितारिष्टको भूमिका निभाएका छन्।

Previous articleपहिलो चरणको निर्वाचनमा एमालेको अग्रता कायमै
Next articleप्रकाश सुन्दासको सफल सगरमाथा आरोहण (फोटो फिचर सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here