१८ मार्च २०१७, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै ‘परिवर्तनका लागि साहसी बनौँ’ भन्ने नाराका साथ  १०७ औं अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको छ। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डका महिला फोरम स्विटजरल्याण्डकी संयोजक श्रीमति शुभ एल्मर लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महामहिम राजदूत श्री दीपक धिताल प्रमुख अतिथि, यूएईबाट कार्यक्रमका लागि  आउनुभएकी गैर-आवासीय नेपाली संघ, यूएईका महिला फोरम यूएईकी संयोजक सुश्री कल्पना राई र श्रीमति बिन्दु स्टाईनमान पाण्डे बिशेष अतिथि र स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल र गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष श्री हिराबल गुरुङ अथितिका रुपमा उपस्थित थिए। श्रीमति एल्मर लामाले अतिथिहरुलाई खादा लगाई स्वागत गरिन। प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरु बाट दिपप्रज्वलन गरी उद्घाटन गरेको थियो।

नेपाली राष्ट्रिय गीतबाट प्रारम्भ गरिएको कार्यक्रममा महिला फोरम स्विटजरल्याण्डकी सदस्य श्रीमति अमिना श्रेष्ठद्ले स्वागत भाषण गरेकी थिईन भने देवांशी अर्यालले एक नेपाली गीत प्रस्तुत गरिन।

कार्यक्रममा स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल, नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष रामकुमार महत्तो, गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष श्री हिराबल गुरुङ, स्विटजरल्याण्ड बसोबास गर्ने पहिलो नेपाली बिन्दु स्टाईनमान, महिला फोरम यूएईकी संयोजक सुश्री कल्पना राई र महामहिम राजदूत श्री दीपक धितालले आ-आफ्नो मन्तब्य ब्यक्त गरे।

स्विटजरल्याण्डकी विजया भट्टले गैर-आवासीय नेपाली संघको आङ खस्ने रोग प्रोजेक्ट, कल्पना राईले यूएईमा नेपाली कामदारहरु माथी गर्ने व्यवहार र दुर्घटाना बारे स्लाईडहरु देखाउँदै गहन प्रस्तुतिहरु गरे साथै नेपाली राजदूतावास जेनेभाको दोस्रो सचिव सुश्री अन्तरा सिंहले महिला सशक्तिकरण र महिला शिक्षा बारे आफ्नो बिचार व्यक्त गरिन्।

महिला फोरम स्विटजरल्याण्डकी संयोजक शुभ एल्मर लामाले नेपालमा महिला फोरम स्विट्जरल्याण्डले पुर्र्याएको सहयोग बारे स्लाईडहरु देखाउँदै कार्यक्रम आयोजना र संचालन गर्न सहयोग पुर्याउने गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डका सदस्यहरु, अन्य संघ-संस्थाका प्रतिनिधिहरु, कलाकारहरु र नेपाली दाजुभाई दिदिबहिनीहरुलाई पनि उनिले धन्यबाद ज्ञापन गरिन।

जर्मनीबाट आएकी ज्ञाल्मी शेर्पाले “सिरैमा सिरबन्दी” गीतको बोलमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिईन्।

स्विट्जरल्याण्डका लागि नेपाल पर्यटन बोर्डका दूत कमल भट्टले नेपालमा पर्यटकहरु के कसरी भित्राउन सकिन्छ भन्ने बारे स्लाईडहरु देखाएका थिए।

कार्यक्रममा जर्मनी, अस्ट्रिया, फ्रान्स र स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो।

कार्यक्रमको संचालन गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डकी उपाध्यक्ष सिमा गौतम अर्यालले गरेकी थिईन।

Previous articleनेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको चौथो अधिबेशन
Next articleप्रेस-विज्ञप्ति जारी गर्दै घलेले दिए राजिनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here