अस्ट्रेलिया, मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न सफल भएको छ । पश्चिम नेपालका बलात्‍कृत महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग पुर्याउँदै आइरहेको यस संस्थाले “परिवर्तनका लागि साहसी बन” नाराका साथ यस्ले १०७ औं अन्तराष्ट्रिय नारी दिवस पनि फरक ढंगले मनाएको छ।

कार्यक्रममा नाचगान, प्रमाणपत्र बितरण र मन्तब्य ब्यक्त गर्ने मात्रै काम भएन, त्यस्का साथमा योगा र ध्यानका बारेमा जानकारी गराउने र अभ्यास गराउने काम समेत भए।

कार्यक्रममा बोल्दै भिक्टोरियाका अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले संस्थाको शुरुवातदेखि नै आफू यस्का गतिबिधिसंग जानकार रहंदै आएको र यस्का हरेक गतिबिधिमा आफ्नो सहयोग रहने बताउनु भयो । मोरल्याण्ड सिटी काउन्सिलका मेयर हेलेन डाभिडसनले दिदीबहिनी समाज भिक्टोरियाका गतिबिधिबाट आफू प्रभाबित भएको र मोरल्याण्ड सिटी काउन्सिलले यस्का लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।

आध्यात्मिक गुरुमा सिस्टर राएवोन सिम्सनले योगा र ध्यानको महत्वमाथि प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलाई ध्यानमा सहभागी गराउनु भयो भने काजल किरणले केही सरल योगाहरुलाई अभ्यास गराउनु भयो।

संस्थाकी संस्थापक अध्यक्ष एबं बर्तमान सचिब जमुना पराजुलीले सहभागीहरुलाई स्वागत गर्दै संस्था के कस्तो अवस्थाबाट बर्तमान अवस्थामा  आइपुगेको भन्ने फेहरिस्त प्रस्तुत गर्नु भयो।

संस्थाकी कोषाध्यक्ष प्रभा श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी हातहरुको चर्चा गर्दै उनीहरुको सहयोग बिना संस्था यस ठाउँमा हुन नसक्ने भएकोले आगामी दिनहरुमा उहाँहरुको सहयोगले निरन्तरता पाउने अपेक्षाले मूर्त रुप पाउने आशा ब्यक्त गर्नु भयो।

कार्यक्रमको सन्चालन अन्जना नेपालले गर्नु भएको थियो।

Previous articleस्पेन र बेल्जियम घटना प्रति पत्रकार महासंघ युरोप शाखाको ध्यानआकर्षण
Next articleनेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको चौथो अधिबेशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here