बार्सिलोना/ नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले सिमा क्षेत्रमा गोली चलाउँनेलाई कडा कारबाही हुनु पर्ने बताएका छन्। भारतीय पक्षबाट गोली चल्नु ,ठुलो हस्तक्षेप भएको भन्दै कोईरालाले घटनाको छानबिन सहित कारबाहीको माग गरेका हुन्।

युरोप भ्रमणका क्रममा स्पेन आएका कोईरालाले शनिबार अन्तर्वार्ताको क्रममा भने,” नेपाल सरकारले यसको जानकारी पाउँने बित्तिकै एक्सन लिनु पर्थ्यो,दोषीलाई कडा कारबाही हुनुपर्छ। सिमा भित्र प्रबेश गरी गोली ठोकेर जनता मार्नु ठुलो हस्तक्षेप हो।”

दशगजा भन्दा करिब ५ सय मिटर नेपालतिर पर्ने जमिनमा स्थानीयवासीले कलभर्ट निर्माणको विवादलाई लिएर झडप हुँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको थियो।

मुलुकमा अस्थिरता बढिरहेकाले हस्तक्षेप पनि बढेको भन्दै बिदेशीहरुले मौका छोपेको काँग्रेस नेता कोईरालाले बताए। उनले भने,” भारतले नै नेपालमा बढी हस्तक्षेप गर्दै आएको छ, अमेरिका तथा युरोपियन युनियनले भने त्यति ठुलो चासो राखे जस्तो लाग्दैन तर चीनले भने हस्तक्षेप गरेको छैन, नेपालसँग सुमधुर सम्बन्ध नै छ।”

नेपालमा विदेशी ह्स्तक्षेप बढिरहेको प्रसंङ्मा उनले यस्तो बताएका हुन्।

कोईरालाले मुलकमा भएका झडपहरुले मुलुकमा फेरि द्वन्द सृजना हुने खतरा बढेको बताएका छन्।

सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी ५ जनाको ज्यान गएको घटना बारे बोल्दै यस्तो बताएका हुन्। उनले भने,”झडपमा गोली चल्नु ठुलो दुर्घटना हो।  चुनाबी प्रचारमा सबै  हिड्न पाउँनु पर्छ। पार्टीको र्यालीलाई कसैले पनि बिथोल्न पाउँदैन,त्यहाँ गोली चल्छ भने दुखद घटना हो।”

पत्रकार बसन्त रानाभाटले लिएको पुरा अन्तरबार्ता हेनुहोस् :-

 

Previous articleजनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित
Next articleस्पेन र बेल्जियम घटना प्रति पत्रकार महासंघ युरोप शाखाको ध्यानआकर्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here