द्रोण रिजाल्, नेदर्ल्याण्ड। यही मार्च ६ तारिखका दिन नेपाली जनसम्पर्क समिती नेदर्ल्याण्डले आयोजना गरेको नेपालको समसामहिक राजनितिक बिषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री डा शशांक कोइराला लगायत केन्द्रिय नेताहरु क्रमस्: एन पि शाउद , चन्द्र भण्डारी तथा शुरेन्द्र पाण्डे नेदर्ल्याण्डको राजधानी आमस्टर्दाम आउने भएका छन । नेपाली जन सम्पर्क समिती बेल्जियमको चौथो अधिबेसनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्न आएका डा. कोइराला लाई आमन्त्रण गर्दै नेदर्ल्यान्ड्मा पनि कार्यक्रम आयोजना गरिएको ज स स का महामन्त्री शालिक गौतमले जानकारी गराए । नेपाली जन सम्पर्क समिती नेदर्ल्यान्दले कार्यक्रमलाई भब्य र सभ्य बनाउन सबै तयारी सम्पन्न भैसकेकाले देशको समसमहिक बिषयमा आफ्ना जिज्ञासा लिएर सहभागी हुनका लागी नेदर्ल्यान्द बासी नेपाली दिदी बैनी तथा दाजु भाई हरुलाई आव्हान गरेको समितिका अध्यक्ष उत्तम कंडेलले जानकारी गराए। कार्यक्रम पश्चात महामन्त्री डा कोइराला लगाएत अन्य केन्द्रिय नेता हरुको स्पेन ,डेनमार्क लगायत अन्य मुलुक हरुमा पनि भ्रमण रहेको आयोजकले जानकारी गराएको छ।

Previous articleदूताबास ल्याउँन १० बर्ष सम्म स्पेनबासी नेपालीहरुले के – के गरे ? (भिडियो हेर्नुहोस्)
Next articleहामी सबैको साझा अभियान हो पानी अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here