गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको महिला समितिले एक कार्यक्रम गरी १०७ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने भएको छ ।
‘परिवर्तनका लागि साहसी बनौं’ भन्ने मूल नाराका साथ आगामी मार्च ११ तारिखका दिन स्विट्जरल्याण्डको लेन्जबुर्गमा मनाउन लागिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम दिपक धिताल रहनु हुनेछ भने विशिष्ठ अतिथिमा विन्दू स्टाइनमान पाण्डे, एनआरएनए महिला समिति यूएई कि संयोजक कल्पना राई तथा अतिथिहरुमा स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल, एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङ, आईसिसी सदस्य डा. विनय श्रेष्ठ रहनेछन् ।
आकर्षक सांगितिक कार्यक्रमका साथ अन्य विविध कार्यक्रम तथा अन्त्यमा रात्रिभोज समेतको आयोजना गरी मनाउन लागिएको उक्त अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि एनआरएनए महिला समिति स्विट्जरल्याण्डले सम्पूर्ण स्विट्जरल्याण्डवासी नेपालीहरुमा हार्दिक आह्वान गरेको छ । कार्यक्रम सम्बन्धी बिस्तृत जानकारीका लागि एनआरएनए स्विट्जरल्याण्डका महिला संयोजक शुभ एल्मर लामा तथा एनआरएनए स्विट्जरल्याण्डका उपाध्यक्ष सीमा गौतमसँग सम्पर्क गर्न सकिने समेत जनाइएको छ ।

कार्यक्रम सम्बन्धी पूर्ण जानकारीको लागि:

Previous articleनेपाली प्रतिनिधि मण्डल र यूएईका राजदूत बीच छलफल
Next articleबिपी पुत्र शशांक बेल्जियम आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here