जिलोङ, अस्ट्रेलिया। दिदीबहिनी समाज भिक्टोरिया र हालै जोन योन्जनको अध्यक्षतमा गठित भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीको संयुक्त पहलमा नेपालीहरुको समुदाय सानै भए तापनि बुद्धिस्ट समुदायका सदस्यहरु पनि आउन शुरु गरेकोले यही १२ तारिख जिलोङमा नेपालीहरुले पहिलो पटक लोसार कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । विहान १० बजे भिक्षु गेसे सोनामद्धारा परंपरागत बुद्ध पूजाबाट कार्यक्रमको शुरुवात गरिएको थियो ।

भिक्टोरीया राज्यको जिलोङ क्षेत्रको जिम्मेवारी पाएका लेबर पार्टी सांसद क्रिस्टिन कोउजेन्स, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जन, लुम्बिनी-कपिलवस्तु दिवस अभियान एबं नेपालका भूकम्प पीडित बालबालिकाका लागि पोषण कार्यक्रमका विस्व संयोजक इ रामकुमार श्रेष्ठ, एनआरएन आइसिसि सदस्य ॠषि कंडेल, एनआरएन अस्ट्रेलियाका सचिब टोनु घोताने, अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोशियसनका सचिब डा चन्द्र दीपक पोख्रेल, जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्की, जनसम्पर्क समिति अस्ट्रेलियाका सल्लाहकार दुर्गा आचार्य, एनआरएन भिक्टोरियाका संयोजक केशब कंडेल, भिक्टोरियाका लागि पर्यटनदूत एबं एमएनटिभिका प्रधान संपादक चिरञ्जीवी देवकोटा, प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका संयोजक रञ्जन वैद्य, चितवन समाज भिक्टोरीयाका अध्यक्ष सोम प्रसाद गुरुङ्ग, नेप्लीज् अर्गनाइजेसन अफ विन्डमको अध्यक्ष कमल प्याकुरेल, तमु समाज भिक्टोरीयाकी सचिव अमृता गुरुङ्ग, फ्रेन्डस् अफ ज्यान जुकको अध्यक्ष ग्रेर्नी रिचार्ड (स्टीभो) आदिलाई पञ्चकन्याद्धारा खादा ओढाएर स्वागत गरिएको थियो ।

कार्यक्रमकाृ प्रमुख अतिथि सांसद क्रिस्टिन कोउजेन्सले कार्यक्रममा बोल्दै नेपालीहरु आफ्नो कला संस्कृतिमा एकदमै धनी रहेको र जिलोङमा भइरहने नेपाली समुदायका कार्यक्रम आफू प्राथमिकताका साथ उपस्थिती जनाउने गरेको र नेपालीपनमा भिज्न पाउँदा एकदमै आनन्द पनि आउने बताएकी थिइन् । उनले लोसार कार्यक्रम स्थलमा प्रदर्शन गरिएको चित्रकार ग्यालरीको चित्र भरपूर आनन्द लिदैँ चित्रको प्रशंसा पनि गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले जिलोङमा नेपालीहरुको सानो बस्ती रहेपनि कार्यक्रम जहिले पनि भव्य हुने र सबैलाई समेटेर कार्यक्रम सफल पार्ने गरेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै, उनले जिलोङमा पहिलो पटक मनाइएको ल्होसारमा उपस्थित हुन पाउँदा एकदमै रमाइलो लागेको र नेपाली कला, संस्कृतिको जगेर्ना गन यस किसिमको कार्यक्रमले योगदान दिने बताएका थिए ।

यसैगरी एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेले यस किसिमको कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिर्दै बहुसाँस्कृतिक व्यक्तित्वहरुले पनि नेपाली पोसाक लगाएर त्यहाँ उपस्थित भएको र नेपाली संस्कृतिलाई इज्जत गरेकोमा पनि सबैलाई धन्यवाद दिएका थिए । जिलोङमा आयोजना गरिएका ऐतिहासिक कार्यक्रमहरुले भिक्टोरियाको मेलबर्न बाहिरका शहरहरुमा पनि कार्यक्रम आयोजना गर्न प्रोत्साहित गरेको पनि बताए ।

दिदी-बहिनी समाज भिक्टोरियाका तर्फबाट प्रभा श्रेष्ठले संस्थाका गतिबिधिका बारे प्रकाश पार्नु भएको थियो ।   कार्यक्रममा रिवाज गुरुङ, सेविका गुरुङ, अंगद भाटिया, रिकिशा शर्मा लुइटेल, माला गुरुङ, सुशिला गुरुङ, ग्रेस शेर्पा माप्लेसन, स्कारलेट शेर्पा माप्लेसन, बिना भण्डारी, माक्स योन्जन, मोहन सिंह चैसिर र श्रिकित पौडेलले नृत्य प्रदर्शन गर्नु भएको थियो भने अमृत गुरुङले गीत गाउँउ भएको थियो । अमृत गुरुङले गाउनु भएको बेला अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन, बिदेशीहरु लगायत धेरैले नाच्नु भएको थियो ।

उक्त अवसरमा नेपाली कला प्रबद्र्धनका लागि चित्रकार ग्यालरीले नेपाली चित्रकलाको प्रदर्शनी गरेको थियो । कार्यक्रमको लागि माण्डब कार्कीद्धारा सन्चालित सुबर्ण फाइनान्सले स्पोन्सर समेत गरेको थियो । कार्यक्रममा बिदेशी लगायत अन्य जातीहरु समेत गुरुङ, मगर, तमाङ, शेर्पा आदिको भेष भुषामा थिए ।

कार्यक्रमको ब्यबस्थापन भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीका उपाध्यक्ष राज कुमार गुरुङ, आर्थिक ब्यबस्थापन दिदी-बहिनी समाज भिक्टोरियाले र कार्यक्रम सन्चालन भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीकी सचिब आन्ची शेर्पाले गर्नु भएको थियो ।

Previous articleनेपाली खेलाडी अञ्जन विष्ट युरोपियन क्लवमा आबद्द होलान् त ? भिडियो अन्तर्वार्ता)
Next articleपानी अभियानलाई दक्षिण कोरियाका नेपालीहरु द्वारा सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here