०९ फेव्रुअरी २०१७, स्विट्जरल्याण्ड। नेपाली ऐक्यवद्धता मंच (नेसोफ स्वीस) स्विट्जरल्याण्डको सातौं राष्ट्रिय महाधिवेशन यही आउदो २६ मार्च २०१७ आईतबारको दिन हुने भएको छ।

नेकपा माओबादी केन्द्रका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख साथै पूर्व उप-प्रधान तथा परराष्ट्रमन्त्री क. नारायणकाजी श्रेष्ठ “प्रकाश” को प्रमुख अतिथिका रुपमा महाधिवेशनमा उपस्थिति रहने र नेसोफ स्वीसको सातौं राष्ट्रिय महाधिवेशनको परिप्रेक्ष्यमा नेपालको वर्तमान राजनितिक परिवेशको बारेमा क. श्रेष्ठ “प्रकाश” ले बिस्तृत सम्बोधन गर्ने जानकारी नेपाली ऐक्यवद्धता मंचले नेपाल स्वीस डट कमलाई दिएको छ।

स्विट्जरल्याण्डबासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई महाधिवेशनमा उपस्थित हुन मंचले हार्दिक अनुरोध गरेको छ। महाधिवेशन हुने स्थान र समयको बिस्तृत सूचना छिट्टैनै प्रकाशित गर्ने बताएको छ।

Previous articleगीतकार सोम राईको “दुई दिनलाई” को गीति भिडियो सार्वजनिक
Next articleलालुपातेको अपार सफलतापछि गायक जोहेवको ‘भ्यालेण्टाईन’ गीत सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here