मलेसियामा काम गर्न गएका मजदुरलाई पर्ने समस्या समाधानको लागि गैर आवासिय नेपाली संघ मलेसियाले आउदो फ्रेबुअरी ११ तारिक राजधानी क्वालालम्पुरमा बृहत कार्यक्रमको आयोजनागरी यस अभियानको सुरुवात गर्न भएको छ ।

ूएनआरएनए मलेसिया कल्याणकारी कोषका अध्यक्ष शंकर बहादुर पौडेलका अनुसार मलेसियामा रहेका मजदुरलाई पर्ने समस्या समाधानकालागि यो कोष बरदान बन्नेछ । पौडेलले भने, ‘अझै पनि धेरै मदजुरले दुःख पाईरहेका छन्, उनीहरुको उद्धारमा समस्यै समस्या छ, यदी हामीसंग अहिलेदेखि नै केही रकम संकलन गरियो भने भोलीको दिनमा सजिलो हुनेछ ।’

माननिय श्रम तथा रोजगार मन्त्री श्री सुर्यमान गुरुङ ज्यूको प्रमुख आतिथ्यमा हुने यस कार्यक्रममा कल्याणकारी कोष अभियानका अन्तरर्रा्ष्ट्रिय संरक्षक गणेश केसि लगायतको सहभागीता रहनेछ । दिउँसो १ः३० देखि ५ बजेसम्म मलेसियामा भएका समस्या र समाधानको लागि अन्तरक्रिया तथा साँझ साढे छ बजेदेखि १० बजेसम्म डिनर कार्यक्रममा सहभागी भई सहयोग जुटाई दिनुहुन समेत एनआरएन मलेसियाले सवैलाई आग्रह गरेको छ । विशेष गरि विश्वमा रहेका गैर आवासिय नेपाली संघको सहयोगी मन भएका अभियांकर्ताहरु, मलेसियाका व्यवसायि तथा सामाजिक सहयोग कर्ताहरुसंग सहयोग संकलन हुने एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले जानकारी दिए ।

रोजगारिका लागि विश्वमा रहेका नेपालीहरुको भन्दा अधिक संख्यामा रहेका नेपाली कामदारहरु मलेसियामा समस्यामा पर्ने गरेको र यसको लागि आर्थिक रुपमा सवल भए पछि समस्याको समाधान गर्न सजिलो हुनाले यो अभियानमा सबैको साथ सहयोगको आवश्यकता पर्ने महासचिब सुन्दर आलेले बताए ।

Previous articleबेल्जियममा २८५३ औं सोनाम ल्होछार भब्यताका साथ मनाए
Next articleगीतकार सोम राईको “दुई दिनलाई” को गीति भिडियो सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here