रापती समाज काठमान्डौले आयोजना गरेको पानी अभियान सम्बन्धी अन्तर्कृया कार्यक्रममा गैर आवासीय नेपाली संघ स्वीजरल्यान्डकी उपाध्यक्ष श्रीमती सिमा गौतम अर्यालले पानी अभियानको नारा सफल होस् पुर्वको नेपाली तिर्खाउदा पश्चिमको नेपालीले पनि प्यास मेटाउनुपर्छ, पश्चिमको नेपाली तिर्खाउदा पूर्वको नेपालीले पनि तिर्खा मेटाउनुपर्दछ। जहाँसुकैको हामी हौ आखिर जुन सुकै माटोको सेवा जहाँ बाट गरेपनी हुन्छ। आखिर हामी नेपाली हौ के बिदेश के स्वदेश सबै मिलेपछि अभियान सफल बन्छ र बनाउनुपर्छ र पानी अभियान हामी सबैको साझा अभियान भएकोले म यो अन्तर्कृयामा आफ्नो तर्फबाट केही सहयोग गर्दै आफ्नो तर्फबाट रु २० हजार सुनम पन्तको तर्फबाट रु २० हजार गुणराज शर्मा पौडेलको तर्फबाट जन्म  दिनमा प्रतिवद्दता गरिएको रकम  रु ३० हजार गरि जम्मा रु ७० हजार अन्तर्कृया कार्यक्रम संयोजक श्री गोपाल बस्नेतलाई हस्तान्तरण गर्नु भएको छ। नेपालगन्जकी सीमा अर्याल गौतम एवम श्री सुनम पन्त लगायत दाताहरुलाई आभार प्रकट गर्दै   पानी अभियान सम्बन्धी  अन्तर्कृया सफल पार्न विशेष भुमिका खेल्नु हुने श्री गोपाल बस्नेत , लोकराज अधिकारी सीमा पुरी एवम उपस्थिति जनाउने आदरणीय व्यक्तिहरू तथा राप्ती समाज काठमाडौ परिवारलाई पानी अभियान कर्ता मित्र लाल पार्देले पोल्यान्डबाट धन्यवाद दिनु भएको छ।

स्मरण रहोस् रापती समाज काठमान्डौ पानी अभियान कर्ता मित्र लाल पार्देको पहलमा बिक्रम सम्वत २०६३ मा काठमान्डौमा स्थापना भएको हो।

Previous articleक्यानाडाबाट रजौरे परिवारले पनि पानी अभियानलाई लाख दिने घोषणा
Next articleपानी अभियानमा माओवादी केन्द्रीय सदस्य नारायण शर्माद्दारा ऐक्यवद्दता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here