१६ जनवरी २०१६, मान बहादुर के.सी., युएई। यूएईमा मृत्युदण्डको सजाय सुनाईएर १४ बर्ष देखि कारगारको जिबन बिताई रहेका दार्चुल्ला जिल्ला धारी गाबिसका अम्मर बहादुर बमलाई रिहाई गराउनुका लागि आग्रह गर्दै सुदूर पश्चिम सेवा समाज यूएईले चार दिने भ्रमणका लागि युएई आउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्व उर्जा भविष्यबारेको सम्मेलनमा सहभागी हुन अबुधाबी आउनु भएको मौका छोपी सुदूर पश्चिम सेवा समाज युएईका अध्यक्ष चेतबहादुर थापा ‘चेतन’को नेतृत्वमा ज्ञापन पत्र बुझाईएको हो ।
विदेशमा गएर पैसा कमाई घरपरिवारलाई सुख सँग पाल्ने सपना बुन्दै सन् २००३ मा सवारी साधन चालकको काममा युएई आएका दार्चुल्ला जिल्ला धारी गाबिसका निर्दोष अम्मर बहादुर बमलाई दुबईको इन्डियन क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाईएको छ ।

भारतकै मनोज मुदाना र करन सिंह राजपुतले गोली हानी सेठ्ठीको हत्या गरेको र उनीहरूको गाडी चलाउँदै आएका बम पनि हत्याको आरोपमा पक्राउ पर्नु भएको थियो । अम्मर बहादुर बमलाई गाडीमै कुर्न लगाएर क्लबभित्र छिरेका मनोज र करनले हत्या गरेको र हत्यारालाई बचाउन सहयोग गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाईएको थियो ।
यो भन्दा पहिले विभिन्न नेपाली संघ संस्थाहरुले अम्मर बहादुर बमलाई रिहाई गर्न अनुरोध गरेता पनि सरकारबाट कुनै ठोस् पहल नभएका कारण अझै सम्म रिहाई हुन सकेको छैन । बमको रिहाईका लागि गत बर्ष पनि सुदूर पश्चिम सेवा समाज युएईका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले काठमाडौं गएर राष्ट्रपति, प्रधानमन्त्रीको सचिबालय मार्फत र तत्कालिन उपप्रधान तथा रक्षामन्त्री भिम बहादुर रावललाई ज्ञापन पत्र बुझाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार युएईका युवराज शेख मोहम्मद बिन जायद बिन सुल्तान अल नह्यानसँग हुने भेटघाटमा बमको रिहाईका विषयमा कुरा गर्ने सकारात्मक आश्वाशन दिनु भएको थापाले बताउनु भयो ।

Previous articleएफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित
Next articleप्रवासी नेपाली एकता समाज युरोपको आयोजनामा २९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here